२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चरिकोट अस्पताल पुग्ने सडककै बिजोग

जिल्ला सदरमुकाम चरिकोटस्थित चरिकोट अस्पताल आउँजाउ गर्ने सडक हिलो र खाल्डाखुल्डीका कारण अस्तव्यस्त बनेको छ । शहरी विकास तथा भवन बिभागले ठेकेदार मार्फत पशुपतिडाँडाबाट अस्पताल, भीमेश्वर नगरपालिका कार्यालय हुँदै पाखाटोल सम्म बिस्तार र कालोपत्रे गराउँदै गरेको सडक वर्षातका कारण हिलाम्मे भएकाले अस्पताल जाने बिरामीहरू मर्कामा परेका छन् ।

अनुभव साट्दै विरामीको उपचारमा फर्किए कोरोना जितेका स्वास्थ्यकर्मी

कोरोना संक्रमण जितेर फर्केका धनकुटा अस्पतालका स्वास्थ्यकर्मीहरु काममा फर्केका छन् । आईसोलेसनमा उपचार पछि कोरोना मुक्त भएका उनीहरु १४ दिनको पुन होम क्वरेन्टिनपछि काममा फर्केका हुन् । सामाजिक दुरी कायम गर्ने र सुरक्षित विधि अपनाउदै काममा फर्केकी स्टाफ नर्स शिला सुब्बाले अब कोरोना जितेर आएको उच्च मनोबलसँगै अस्पतालमा आउने बिरामीलाई समेत सिकाउदै काममा फर्केकी बताईन ।

गोरखा अस्पतालबाट थप ८ जना कोरोना निको भएपछि घर फर्किए

पिसिआर पोजेटिभ देखिएपछि गोरखा अस्पतालमा उपचार गराइरहेका आठ जना कोरोना निको भएपछि घर फर्किएका छन् । अस्पताल आएर उपचार गराएपछि गरिएको पुनः जाँचका क्रममा रिपोर्ट नगेटिभ देखिएका गण्डकी गाउँपालिकाका चार जना, भिमसेन थापा गाउँपालिकाका दुई जना, पालुङटार नगरपालिकाका एक र काभ्रे पाँचखालका एक जनालाई डिस्चार्ज गरिएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।

उदयपुरमा १ सय बेडको कोरोना अस्पताल बन्ने

नेपालमा सुरुवाती चरणमै कोरोना भाईरस (कोविड–१९) का ३२ संक्रमित उदयपुरमा देखिएर त्रसित बनाएको जिल्लाबासीले उदयपुरमै कोरोना अस्पाल खोल्न गरेको माग पुरा हुने भएको छ । वैशाख पहिलो सातादेखि अन्तिमसम्ममा त्रियुगा नगरपालिका ३ को भुल्केस्थित नुरी मस्जिदका जमातिसहित स्थानीय गरी ३२ मा कोरोना भेटिएपछि उदयपुरमै अस्पताल खोल्नुपर्ने माग स्थानीयतहहरुले गरेका थिए ।

भरतपुर अस्पतालमा सङ्क्रमित र अन्यको बाटो अलग

सर्वसाधारण बिरामीको उपचार गर्ने भरतपुर अस्पतालमा राखिएका कोरोना सङ्क्रमित र तीनको उपचारमा संंलग्नलाई आवतजावत गर्ने प्रवेशद्वार र बाटो अलग गरिएको छ। अस्पतालमा उपचार गर्न आउनेलाई सुरक्षित गर्न छुट्टै स्थानमा सङ्क्रमितलाई राखिएको छ।

कोरोना जाँचमा दोस्रो जुम्ला, पहिलो काठमाडौँ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए/नभएको पत्ता लगाउन पिसिआर परीक्षणको दायरा बढाउँदै गएको छ।

कोरोना अस्पताल अस्तव्यस्तः १ सय १६ संक्रमित, २ चिकित्सक र ३ नर्स

मोरङको सुन्दरहरैंचाको गोठगाउँ स्थित कोभिड–१९ अस्पतालमा स्वास्थ्यकर्मी र मेडिकल सामग्रीको अभाव भएको छ। आइतबार प्रदेश १ को लेखा समितिले गरेको अनुगमनका क्रममा कोभिड अस्पतालमा स्वास्थ्यकर्मी र मेडिकल सामग्री अभाव भएको देखिएको हो।

एक सय १६ संक्रमितको उपचारमा दुइ डाक्टर र तीन जना नर्स

मोरङको सुन्दरहरैंचाको गोठगाउँ स्थित कोभिड–१९ अस्पतालमा स्वास्थ्यकर्मी र मेडिकल सामाग्रीको अभाव भएको छ । आइतबार प्रदेश १ को लेखा समितिले गरेको अनुगमनका क्रममा कोभिड अस्पतालमा स्वास्थ्यकर्मी र मेडिकल सामाग्री अभाव भएको पाइएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा एकको मृत्यु

बुटवलको लुम्बिनी प्रादेसिक अस्पतालको आइसोलेसनमा उपचारत गुल्मीका एक जना पुरुषको आज मृत्यु भएको छ । गुल्मीको धुर्कोट गाँउपालिका वडा नं. ४का ४२ वर्षे ती पुरुषलाई शनिबार बिहान प्रादेशिक अस्पताल ल्याइएको थियो । जेठ २४ गते भारतको मुम्बईबाट फर्केका उनी धुर्कोट ४ को फुलबारी प्राविको क्वारेन्टिनमा बसेका थिए ।

जिल्लाकै पहिलो कोरोना अस्पताल बन्ने

कोभिड–१९ को उपचारका लागि देवचुली नगरपालिकामा जिल्लाकै पहिलो कोरोना अस्थायी अस्पताल निर्माण हुने भएको छ।

अस्पताललाई सहकारीले दियो स्वास्थ्य सामग्री

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जनसेवा बचत तथा ऋण सहकारी संस्थाले जनसेवा सामुदायीक अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

नामाकरणसँगै ट्रमा सेन्टर विवादमा

पूर्वी मोरङको उर्लाबारी नगरपालिका–३ मा रहेको मंगलबारे ट्रमा अस्पताल अहिले विवादमा परेको छ । प्रदेश सरकारले अस्पतालको नाम परिवर्तन गर्ने भएपछि उर्लाबारीमा त्यसको विरोध सुरु भएको हो ।

प्रदेश अस्पताल पुनः सञ्चालन

कर्णाली प्रदेश अस्पतालको शिल गरिएको इमरजेन्सी कक्ष पुनः सञ्चालनमा ल्याइएको छ । इमरजेन्सीमा भर्ना गरिएका बिरामीलाई कोरोना पुष्टि भएपछि इमरजेन्सी कक्ष बुधबार शिल गरिएको थियो ।

अब कान्ति बाल अस्पताल ओपिडीको टिकट लिन लाइन बस्न नपर्ने

कान्ति बाल अस्पतालले ओपिडीको टिकट अब घरबाटै लिन मिल्ने गरी एप्सको विकास गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो एप्सको शुभारम्भ गर्दै यसबाट उपभोक्तको समयको बचत हुनाका साथै उपचार प्रक्रियासमेत सहज हुने बताए।

टीकापुरमा ३० श्ययाको अस्थायी कोरोना अस्पताल सञ्चालन

कोरोना सङ्क्रमण फैलिँदै गएपछि टीकापुरमा तयार गरिएको अस्थायी कोरोना अस्पताल आजदेखि सञ्चालनमा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्