८ वैशाख २०८१ शनिबार
समाज

अनुभव साट्दै विरामीको उपचारमा फर्किए कोरोना जितेका स्वास्थ्यकर्मी

कोरोना संक्रमण जितेर फर्केका धनकुटा अस्पतालका स्वास्थ्यकर्मीहरु काममा फर्केका छन् । आईसोलेसनमा उपचार पछि कोरोना मुक्त भएका उनीहरु १४ दिनको पुन होम क्वरेन्टिनपछि काममा फर्केका हुन् । सामाजिक दुरी कायम गर्ने र सुरक्षित विधि अपनाउदै काममा फर्केकी स्टाफनर्स शिला सुब्बाले अब कोरोना जितेर आएको उच्च मनोबलसँगै अस्पतालमा आउने बिरामीलाई समेत सिकाउदै काममा फर्केकी बताईन । 

धनकुटामा पहिलोपटक स्टाफनर्स सुब्बालाई कोराना संक्रमण देखिएको थियो । महिना दिन अघिदेखि बहिर जिल्ला गएको थिइन । डिउटी जाने र घर फर्किने गरिहेकी थिए । नेपालभरीमा संक्रमित संख्या २/३ सय जना मात्रै पुग्दै थियो । त्यहीबेला स्याम्पल टेष्टमा आफुलाई कोरोना संक्रमण देखिएपछि त छाँगाबाट खसेजस्तै भएको सुब्बाले बताईन । उपचारको क्रममा पनि विराटनगर अस्पतालसम्म पुग्दा सम्म तनाव थियो । 

त्यहाँ अन्य विरामी देखेपछि सबैलाई लाग्दो रहेछ भन्ने लाग्यो र तनाव कम भयो । उच्च आत्मबल, नियमित शारिरिक व्यायम ,योगा ध्यान, पौष्टिक खाने जस्ता सानासना कुरामा ध्यान दिन सकियो भने कोरोना जित्न सकिन्ने उनले बताईन । जिल्ला अस्पताल धनकुटामा विगत ६ वर्ष अघिदेखि कार्यरत अहेब गणेश बुढाथोकी पनि काममा फर्केका छन् । विराटनगरमा १७ दिनको आईलेसनको बसाईपछि निको भएर फर्केका बुढाथोकीले डर र त्रासलाई जितेर विरामीको उपचारमा फर्केको बताए । नियमित काम फर्केको छु । 

आफुले विरामी हुँदा उपचारमा अप्नाएको विधिलाई आदनप्रदान गर्दै विरामी उपचार सुरु गरेको उनले बतए । सुब्बा र बुढाथोकीसँगै धनकुटा अस्पतालका ३जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको थियो । उनीहरुसँगै दुईजना स्वास्थ्यकर्मी र एकजना आफन्तलाईपनि कोरोना संक्रमण भएको थियो । उनीहरु सबैजना निको भएर घर फर्किसकेका छन् । आईसोलेसनमा उपचारको लागि बस्दा बाहिरबाट स्वास्थ्यकर्मीहरु आउन डराउथे । त्यसैले संक्रमित भएका गएका धनकुटाका स्वास्थ्यकर्मी कोरोना संक्रमित विरामीको उपचारमा समेत सहयोग गरेका थिए । 

आईसोलेसनमा अन्य विरामीको हौसला बढाउने र औषधी सेवन र सरसफाईको विषयमा परामर्शसेवा दिएको अहेब बुढाथोकीले बताए । कसरी रोकियो फैलिन जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वस्थ्यकर्मी सहित ७ जनाले कोरानालाई जितेर घर फर्किसकेका छन् । भारतबाट फर्केका एक युवाको मात्र उपचार भईरहेको छ । उनी क्वारन्टिनमा बसेका थिए । तर उनीहरुलाई कसरी कोराना संक्रमण भयो भनेर अझै पत्ता लाग्न सकेको छैन । जेठ ४ गते एकजना स्टाफ नर्समा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । 

उनीसँग सम्पर्कमा रहेका अन्यको परीक्षण गर्दा जेठ ६ गते थप ६ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरुसहित उनका परिवारका अन्य सदस्य र सम्पर्कमा रहेका ब्यक्तिहरुलाई करीब दुइसय जनाको स्वाब टेष्ट गरियो तर सबैजनाको नेगेटिभ आयो । यसका साथै १० दिनसम्म अस्पताल र आसपासको २ किलोमिटर क्षेत्र सिल गरियो । अस्पतालका सवै स्वास्थ्यकर्मी र विरामीलाई १४ दिन सम्म क्वारेन्टिनमा राखियो । त्यसैले कोरोना फैलिन नपाएको कोभिड–१९ जिल्लास्तरीय समन्वय समितिका प्रवक्ता जयराम श्रेष्ठले बताए । 

यसका साथै संक्रमितको सम्पर्कमा रहेका सवैलाई होम क्वारेन्टिनमा राखेर स्वाब परिक्षण गरिएको थियो । सबैको नेगेटिभ रिपोर्ट आएपछि धरानबाट र विराटनगरबाट गएको स्वास्थ्यकर्मीको सहयोगमा अस्पताल सञ्चालन गरिएको थियो । अस्पताल सञ्चालन गर्नु अगाडी स्यानिटाइज गरिएको थियो । आशंक गरिएका सबैको कन्ट्रयाक ट्रेसिङ मार्फत स्वाब परीक्षण गरियो । सबैको साझा प्रयासपछि कोरोना फैलिनबाट रोक्न सफल भएको प्रवक्ता श्रेष्ठले बताए । कोभिड–१९ जिल्लास्तरीय समन्वय समितिको रेकर्ड अनुसार आठ सय ३६ जनाको आरडिटि परीक्षण गरेका छन्। ६ सय १ जनाको पिसिआर परीक्षण गरेको जनाएको छ ।

प्रकाशित: ६ असार २०७७ १३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App