७ वैशाख २०८१ शुक्रबार
समाज

अस्पताललाई सहकारीले दियो स्वास्थ्य सामग्री

सामुदायीक अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै सहकारी संस्थाका पदाधिकारीहरु । तस्बिर : नागरिक

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जनसेवा बचत तथा ऋण सहकारी संस्थाले जनसेवा सामुदायीक अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण अभियानमा सहयोग पुर्‍याउने लक्ष्यका साथ सहकारीले शुक्रबार जालपाकै जनसेवा सामुदायीक अस्पताललाई ६८ हजार बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको हो ।  

अस्पताललाई १० सेट पिपिई, २ जार सोडिएम हाइपोक्लोराइड, २० जोर रबर ग्लोव्स, ७० जोर सर्जिकल ग्लोव्स, २५ थान केएन ९५ मास्क, १ थान थर्मल गन, ४५० पिस सर्जिकल मास्क, १० प्याकेट टप ग्लोव्स, ५ लिटर ह्याण्ड सेनीटाइजर लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको हो । सहकारीका उपाध्यक्ष पार्वती राई र कोषाध्यक्ष अम्बीका राईले अस्पतालका व्यवस्थापक अष्टलक्ष्मी राईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिएको जनसेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुव श्रेष्ठले बताए ।  

२०५३ सालमा स्थापना गरिएको सहकारीले  व्यापार, कृषि, पशुपालन, उद्यम, उच्च शिक्षा, प्रकोप उद्धार, घर मर्मत तथा निर्माण, काजकिरिया, उपचार लगायतका शिर्षकमा ऋण प्रवाह गर्दै आएको छ ।  

 

 

प्रकाशित: ३० जेष्ठ २०७७ १६:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App