२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

संक्रमित गाउँ पुगेपछि त्रास

सेती प्रादेशिक अस्पतालमा भर्ना भएका ६ जना संक्रमितलाई निको नहुँदै यही जेठ २३ गते डिस्र्चाज गरियो । घर पठाउने कुनै व्यवस्था र समन्वय नगरी अस्पतालको आइसोलेसनबाट डिस्चार्ज गरिएपछि झरी परिरहेको धनगढीको सडकमा बैतडी र अछाम घर भएका उनीहरु अलपत्र परे ।

तीन हप्ता पछि कलैया अस्पतालमा पुनःजनरल सेवा

तीन हप्ता पछि कलैया अस्पताललाई पुनःजनरल अस्पताल बनाएर सेवा दिने कार्य शुरु गरिएको छ। जिल्ला अस्पतालको रुपमा सेवा दिई रहेको कलैया अस्पतालाई प्रदेश सरकारको निर्णयले अस्थायी कोभिड अस्पताल बनाएर कोरोना संक्रमितको उपचार गर्न शुरु गरे पछि जेठ ४ गते अन्य बिरामीहरूको उपचार सेवा दिने कार्य कलैया अस्तालबाट बन्द गरिएको थियो।

क्यान्सर अस्पताललाई जोगाउन कर्मचारीको गुहार

क्यान्सर उपचारमा चर्चित भक्तपुरको क्यान्सर अस्पताललाई जोगाउन कर्मचारीहरुले गुहार मागेका छन् । व्यवस्थापन समितिले दैनिक अति आवश्यक सेवाका खर्चका चेकहरुमा हस्ताक्षर नगरीदिंदा अस्पताल सञ्चालनमा समस्या भएको भन्दै उनीहरुले अस्पताललाई जोगाउन आग्रह गरेका हुन् ।

कोभिड अस्पतालबाट २० जना डिस्चार्ज, १२ जना भर्ना

सिरहाको विभिन्न स्थानबाट कोराना संक्रमण भई कोभिड अस्पतालमा ल्याइएका २० जना संक्रमणमुक्त भइ घर फर्केका छन् । सिरहामा पहिलो पटक कोरोना पराजित गरेकाहरूलाई जिलाका स्वास्थ्य तथा सुरक्षा प्रमुखहरू पुष्प गुच्छा दिएर अस्पतालबाट बिदा गरेका थिए ।

भक्तपुर अस्पतालको सेवा सुचारु

भक्तपुर अस्पतालले आफनो सेवा सुविधा पुनः सुचारु गरेको छ । जेठ २५ गते साँंझ सुत्केरी हुने क्रममा मृत्यु भएकी महिलाको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि कोरोनाको आशंकामा अस्पतालको सवै सेवासुविधा बन्द गरिएको थियो ।

भक्तपुर अस्पतालको सेवा वन्द

अस्पतालमा आइतबार राति मृत्यु भएकी सुत्केरी महिलामा कोरोना भाइरस संक्रमण भएको आशंका भएपछि भक्तपुरको प्रमुख कोरोना अस्पताल भक्तपुर अस्पतालको सवै सेवा बन्द गरिएको छ ।

नगरपालिकालाई सुरक्षा सामग्री सहयोग

नगरपालिका र जिल्ला अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ । दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र जिल्ला अस्पताल बैतडीलाई संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) ले स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

कोशीमा सुविधासम्पन्न प्रसुतीगृह बन्ने

कोशी अस्पतालले थप १ सय बेडको प्रसुतीगृह बनाउने भएको छ । शनिवार प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरका मेयर भीम पराजुलीले प्रसुती गृहको शिलान्यास गरेका हन् ।

कोरोना संक्रमित तीन जना अस्पताल भर्ना

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका तीन जना कोरोना संक्रमितलाई अस्पताल भर्ना गरिएको छ । कोरोना संक्रमण भएको पुष्टि भएलगत्तै हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका २१/२१ वर्षका दुई युवा र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ४५ वर्षीय एक पुरुषलाई शुक्रबार कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको हो ।

संक्रमित अस्पताल आउँदा गुनासो, फर्किंदा खुसी

रोजगारीको क्रममा भारत गएका झापाका कचनकवल गाउँपालिकाका ऐयुब मियाँ घर फर्किंदा निकै दिन सीमापारि अलपत्र परे। घरनजिकै आइपुग्दा पनि आफ्नो भूमिमा पाइला टेक्न नपाउँदा उनी निकै रिसाएका थिए।

पत्रकारको उपचारमा ५० प्रतिशत छुट

सुनसरी जिल्लाका पत्रकारहरूको नोबेल अस्पताल विराटनगरले ५० प्रतिशत छुटमा उपचार गर्ने भएको छ । नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिशत छुटमा उपचार गर्ने भएको हो ।

माहामारीकै बिच अस्पतालबाट ३७ कर्मचारी निकालिए

बजेट अभावको कारण देखाउदै सदरमुकाम चरिकोटमा एउटा एनजिओले सञ्चालन गरेको प्रस्तावित चरिकोट अस्पतालले कोरोनाको माहामारीका बिच १९ जना स्वास्थ्यकर्मी सहित ३७ कर्मचारीलाई जागिरबाट निकालेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्