९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

क्यान्सर अस्पताललाई जोगाउन कर्मचारीको गुहार

क्यान्सर उपचारमा चर्चित भक्तपुरको क्यान्सर अस्पताललाई जोगाउन कर्मचारीहरुले गुहार मागेका छन् । व्यवस्थापन समितिले दैनिक अति आवश्यक सेवाका खर्चका चेकहरुमा हस्ताक्षर नगरीदिंदा अस्पताल सञ्चालनमा समस्या भएको भन्दै उनीहरुले अस्पताललाई जोगाउन आग्रह गरेका हुन् । भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी संघका अध्यक्ष शिवराम धुख्वाले प्रेस विज्ञप्ति प्रकाशित गरी अति आवश्यक सेवाका चेकहरुमा भुक्तानी दिन व्यवस्थापन समितिबाट हस्ताक्षर नुहँंदा दैनिक अति आवश्यक सेवाहरुको अभावमा समस्या भएको जनाए ।  

अस्पतालमा भ्रष्टाचार भएको भन्दै पुरानो समिति भंग गरी स्थानीय निकायको रुपमा रहेको भक्तपुर नगरपालिकाले झण्डै वर्षदिन अघि नयाँं व्यवस्थापन समिति गठन गरेको थियो । यसो हुँदा दुई वटा व्यवस्थापन समिति भई दुईपक्षवीच द्धन्द्ध थियो । तर अहिले नयाँं व्यवस्थापन समिति निश्क्रिय छ । यही द्धन्द्धका कारण पुरानो व्यवस्थापन समितिले अस्पताल सञ्चालनमा अवरोध सृजना गर्न प्रयासरत छ । संघले यही अवरोध हटाउन माग गरेको हो ।  

अस्पतालको पुरानो व्यवस्थाप समितिले भ्रष्टाचार गर्न मिल्ने ठाउँंका चेकहरुमा चाहिं धमाधम हस्ताक्षर गरिरहेको तर भ्रष्टाचार गर्न नमिल्ने अस्पताललाई दैनिक अति आवश्यक समानहरुका चेकहरुमा हस्ताक्षर नभई समस्या पार्ने प्रयास भइरहेको आरोप कर्मचारीहरुले लगाएका छन् । समस्या समाधान गरी अस्पताल सुचारु रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन संघले प्रशमाशनसमक्ष पहलकदमीका लागि पनि अनुरोध गरेको छ । 

 

 

प्रकाशित: २८ जेष्ठ २०७७ ११:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App