२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

२७ जना संक्रमितको रातभर बिचल्ली

कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार साँझ झापाबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएका २७ जना संक्रमितलाई अस्पतालमा भर्ना नगरी रातभर बाहिरै बिचल्ली अवस्थामा राखिएको घटनाको सर्वत्र आलोचना भएको छ।

भक्तपुरमा कोरोना उपचार अस्पताल

भक्तपुर अस्पतालभित्र कोरोना उपचार अस्पताल सञ्चालनमा ल्याइने भएको छ । यसका लागि आवश्यक भवन निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भवनको एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ ।

संक्रमितको उपचारको नभई जोखिम भत्ता मागेका हौ; धौलागिरी अस्पताल

धौलागिरी अस्पताल बागलुङले कोरोना भाइरसका दुईजना संक्रमितको उपचारका लागि भत्ता माग नगरेको दावी गरेको छ। अस्पतालका बारेमा गण्डकी प्रदेशसभामा म्याग्दीका प्रदेश सांसद विनोद केसीले प्रस्तुत गरेको तथ्याङ्क नै गलत भएको बताउँदै दुईजना कोरोना संक्रिमतको उपचारको लागि खटिएका नभई स्वास्थ्यकर्मीको चार महिनाको जोखिम भत्ता माग गरिएको अस्पतालले जनाएको छ।

अस्थायी कोरोना अस्पतालमा बेड अभाव

कलैया उपमहानगरपालिका ३ गंगापुरमा रहेको प्रादेशिक्ष शैक्षिक तालिम केन्द्रमा संचालनमा ल्याइएको अस्थायी कोरोना अस्पतालमा संक्रमितहरूलाई राखेर उपचार गर्ने आइसोलेसन बेडको कमी देखिएको छ। जेठ १६ गते देखि कलैया जिल्ला अस्पतालको बिकल्प रुपमा प्रादेशिक शैक्षिक तालिम केन्द्रमा अस्थायी कोरोना अस्पताल संचालन ५० वटा आइसोलेसन बेडबाट संचालनमा ल्याइएको हो।

कैलालीका सात स्थानीय तह मिलेर अस्पताल सञ्चालन गर्दै

कैलालीका पूर्वी क्षेत्रका स्थानीय तह टीकापुरमा अस्थायी कोरोना अस्पताल सञ्चालनको तयारीमा जुटेका छन्।

बाँकेमा तीन जना निको भए, १० जना नयाँ थपिए

बाँके नरैनापुर गाउँपालिकाका कोरोना संक्रमित तीन जना युवक निको भएर घर फर्केका छन् । यही जेठ २ गते कोरोना पोजेटिभ देखिएका नरैनापुरका ८ जनालाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।

कोरोना संक्रमितलाई अस्पतालबाट फिर्ता लग्न दबाब

पोखरिया नगरपालिकाबाट बिहीबार यहाँ ल्याइएका ४ जना कोरोना संक्रमितको उपचार खर्चको भार आफुले उठाउन नसक्ने भनी वीरगन्ज महानगरपालिकाका नगरप्रमुख बिजयकुमार सरावगीले पोखरियाका नगरप्रमुख दिपनारायण रौनियारलाई टेलीफोन गरेर आफ्नो बिरामीलाई फिर्ता लैजान भनेका हुन्।

प्राथमिक स्वास्थ्य केन्द्रको बहिरङ्ग सेवा बन्द

प्राथमिक स्वास्थ्य केन्द्र खलंगाको बहिरङ्ग सेवा बन्द गरिएको छ। स्वास्थ्य केन्द्रमा मंगलबार परीक्षणका लागि आएका एक बिरामीको प्युठान अस्पतालमा गरिएको कोरोना आरडिटी पोजेटिभ आएपछि सेवा बन्द गरिएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ।

कोरोना संक्रमित गर्भवती भरतपुर अस्पतालमा

भरतपुर अस्पतालको आइसोलेसन वार्डमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित २५ वर्षीया गर्भवतीलाई उपचारका लागि राखिएको छ । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका १, चौकीटोल स्थायी घर भएकी ती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बुधबार हेटौँडाबाट भरतपुर ल्याइएको हो ।

भारतबाट आएका आइसोलेसनमा भर्ना

कोरोनाको शङ्कास्पद लक्षण देखिएपछि भारतबाट आएका एक युवकलाई धवलागिरि अस्पतालको आइसोलेसनकक्षमा भर्ना गरिएको छ।

नारायणीलाई पुनः ‘जेनरल’ अस्पताल बनाइँदै

लामो प्रतिक्षापछि नारायणी अस्पताल अब पुनः‘जेनरल’ अस्पताल हुने भएको छ। नारायणीलाई कोभिड अस्पतलाल बनाइएपछि वीरगन्ज क्षेत्रमासामान्य बिरामीका लागिपनिउपचार सेवा पाउन कठिनाइ भएको थियो।

कोरोना कहर : अस्पताल आउन छोडे गर्भवती

कोरोना महामारीको भयका कारण अस्पताल आउने नियमित बिरामीको संख्या घटेको छ । सामान्य तथा जटिल समस्याका रोगीहरु समेत अस्पताल आउन छोडेका छन् । अस्पताल र अन्य निकायले सकेसम्म हिँडडुल नगर्न र सामान्य बिरामीको अवस्थामा अस्पताल समेत नआउन भनेपछि देशै भरिका अस्पतालमा नियमित बिरामीको संख्या घटेको हो ।

स्वास्थ्यकर्मीलाई आइसियु उपचार तालीम

गण्डकी प्रदेशका ११ वटै जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई कोभिड–१९ का जटिल अवस्थाका बिरामीलाई सघन उपचार कक्ष(आइसीयु)मा कसरी उपचार गर्ने भनेर तालिम दिन शुरु गरिएको छ।

त्रिवि शिक्षण अस्पतालमा पीसीआर परीक्षण ल्याव स्थापना

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर परीक्षण ल्याब स्थापना गरिएको छ। शिक्षण अस्पतालमा आज पीसीआर परीक्षण ल्याव स्थापना गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्