१६ चैत्र २०८० शुक्रबार
समाज

अस्थायी कोरोना अस्पतालमा बेड अभाव

अस्थायी कोरोना अस्पताल सन्चालनमा ल्याइएको कलैया उपमहानगरपालिकाको रंगापुरमा रहेको प्रादेशिक शैक्षिक तालिम केन्द्र।

कलैया उपमहानगरपालिका ३ गंगापुरमा रहेको प्रादेशिक्ष शैक्षिक तालिम केन्द्रमा संचालनमा ल्याइएको अस्थायी कोरोना अस्पतालमा संक्रमितहरूलाई राखेर उपचार गर्ने आइसोलेसन बेडको कमी देखिएको छ। जेठ १६ गते देखि कलैया जिल्ला अस्पतालको बिकल्प रुपमा प्रादेशिक शैक्षिक तालिम केन्द्रमा अस्थायी कोरोना अस्पताल संचालन ५० वटा आइसोलेसन बेडबाट संचालनमा ल्याइएको हो।

शैक्षिक तालिम केन्द्रमा एक सय ५० वटा जति आइसोलेसन बेड राखेर संक्रमितहरूलाई उपचार गर्न सकिने भवन भए पनि अहिले ५० वटा बेड मात्रै राखेर उपचार गर्नु पर्ने अवस्था रहेको छ।

प्रदेश सरकारबाट कोरोना अस्पतालन संचालन गर्न लागि कलैया अस्पताललाई प्राप्त भएको  बजेटबाट थप ५० वटा आइसोलेसन बेड थपिने भनिए पनि बेड थपिने कार्यमा ढिलाई गरिदा बेडको कमी देखिन पुगेको बताइएको छ।

कलैया उपमहानगरपालिकाको सहयोगमा निर्माण गरिएको ५० बाट आइसोलेसन बेड मात्रै अस्थानीय कोरोना अस्पतालमा राखिएको र ती सबै  संक्रमितहरूबाट भरिएको अवस्था रहेका डाक्टरहरूले बताएका छन्।

कलैया अस्पतालका मेडिकल सुपरिटेण्ड बिरेन्द्र कुमार मण्डलले प्रदेश सरकारबाट  कोरोना भाइरस उपचारमा खर्च गर्ने गरि शिर्षक छुटयाएर बजेट प्राप्त नभएकोले ५० वटा बेड थपिनको लागि बजेटको व्यवस्था गर्न तिर लागिएको  बताएका छन्।

भवन भए पनि आइसोलेसन बेडको कमिले गर्दा सिम्रौनगढमा शुक्रबार बेलुका थपिएको दुई र सुवर्ण गउँपालिकामा शनिबार थपिएको १ गरि तीन जना नयाँ संक्रमितलाई भर्ना गर्नेमा समस्या देखिएको मेसु मण्डलले बताए।

प्रदेश २ सरकारले  जिल्ला अस्पतालको रुपमा सेवा दिई रहेको कलैया अस्पताललाई कोरोना उपचार केन्द्रका रुपमा संचालन गर्ने गरेको निर्णयको बिरोध  शुरु भए पछि सर्वदलिय बैठकबाट शैक्षिक तालिम केन्द्रको भवनमा तत्कालको लागि अस्थायी कोरोना अस्पताल बनाउने निर्णय गरिएको थियो।

कलैया अस्पातलबाट दिइरहेको इमरजेन्सी, ओपिडि, इन्डोर, प्रसूति र प्रसूति शल्यक्रिया लगाएतको सेवाहरू प्रदेश सरकारको निर्णयले अवरुद्ध भए पछि यसको चौतर्फी बिरोध भएको थियो।

कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले सर्वदलिय सहमति अनुसकार बर्षै देखि बन्द र जिर्ण रहेको शैक्षिक तालित केन्द्रमा रहेको भवनहरूको मर्मत, शौचालय, खाने पानी, बिद्युतको मर्मत गराई ५० वटा आइसोलेसन बेड निर्माण गराएर अस्थायी कोरोना अस्पतालको लागि उपलब्ध गराएको बताइएका छन्।

भएको सहमति अनुसार प्रदेश सरकार र कलैया जिल्ला अस्पतालले छिटो भन्दा छिटो ५० बेडको आइसोलेसन बेड बनाएर संक्रमितहरूको उपचार गर्न तिर लाग्नु पर्ने प्रमुख यादले बताए।

प्रकाशित: १७ जेष्ठ २०७७ १०:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App