coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

दुर्गममा जाँदैनन् डाक्टर! गाउँमा अझैँ नियन्त्रणमा छैन कोरोना

पाल्पाका अधिकांश पालिकाहरुले कोभिड १९ सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै अक्सिजनसहितको कोरोना अस्पताल सञ्चालनमा ल्याएका छन् । जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकाले स्वास्थ्यकर्मी, अक्सिजन, स्वास्थ्य सामग्रीसहितको कोरोना अस्पताल निर्माण गरी संचालनमा ल्याएका छन् ।

कोसी अस्पतालद्वारा ६२ बेडको कोरोना अस्पताल सञ्चालन

कोरोनाको बढ्दो संक्रमणले विराटनगरका अस्पतालमा संक्रमित बिरामीको चाप थेगिनसक्नु भएका बेला कोसी अस्पतालले थप ६२ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो।

इलाम अस्पताललाई जुट्दै स्वास्थ्य सामग्री

अस्पताललाई १० थान अक्सिजन सिलिन्डर, २ सय थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई), १० लिटर सेनिटाइजर, १ हजार थान सर्जिकल मास्क, १० थान डेड बडी ब्याग, २० थान अक्सिजन प्रग र १० थान भेन्ट्री मास्क प्रदान गरिएको छ।

रौतहटको गौर नगरपालिकाद्वारा २० बेडको अस्थायी कोरोना अस्पताल सञ्चालन

दिनदिनै कोरोना भाइरसले विस्तार रुप लिइरहेको समयमा रौतहट जिल्लाको सदरमुकाम समेत रहेको गौर नगरपालिकाले मंगलवारदेखि २० बेडको अस्थायी कोरोना अस्पताल संचालनमा ल्याएको छ । गौर नर्सिंग इन्स्टिच्युटको भवनमा नपाले अस्थायी कोरोना अस्पताल संचालनमा ल्याएको हो ।

कपिलवस्तुकाे अस्पतालममा कोरोना संक्रमित भरिभराउ, भुईंमा उपचार गर्न बाध्य

कपिलवस्तुको जिल्ला अस्पतालममा रहेका बेडहरु संक्रमितहरुले भरिन थालेपछि बिरामीहरुलाई भुईंमा राखेर उपचार बाध्य भएको अस्पतालले जनाएको छ।

बुटवलमा पछिल्लो २४ घण्टामा ६ संक्रमितको मृत्यु

गम्भिर लक्षण सहितका कोरोना संक्रमितको संख्या बढ्दै जाँदा स्थिती भयावह बन्दै गएको छ। पछिल्लो २४ घण्टामा बुटवलको कोरोना अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरीएका ६ जना संंक्रमितको मृत्यु भएको छ।

अस्पतालमा अक्सिजन पाउनै मुस्किल

चिंगाड गाउँपालिकाका प्रेम विक कर्णाली कोरोना अस्पतालमा भर्ना भएको एक साता भयो । प्रेमलाई दैनिक चार सिलिण्डर अक्सिजन आवश्यक पर्छ ।

लुम्बिनीका कोरोना अस्पताल भरिए

एकातिर सरकारले सञ्चालन गरेका अस्पतालमा शय्या संख्या नबढाइनु, अर्कोतर्फ यिनै सरकारी अस्पतालले मात्रै उपचार गर्नुपर्ने सरकारी नियतका कारण बिरामीले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था आएको चिकित्सक बताउँछन्। यस्तो बेला अन्य अस्पतालमा समेत कोभिडको उपचार गर्ने गरी व्यवस्थापन नमिलाइए अहिलेको अवस्थाले भोलि झनै भयावह अवस्था आउने खतरा उनीहरूले देखिरहेका छन्।

लुम्बिनी प्रदेशका कोरोना अस्पताल भरिभराउ : उपचार नपाएरै फर्कन्छन् बिरामी

‘क्रिटिकल अवस्थाका बिरामीहरु गेटमै छट्पटाउन थाल्नु हुन्छ,’ ओलीले भने ‘अनि हामीहरुले प्रतिक्षालय वा गल्लीमा राखेर उहाँहरुलाई अक्सिजन दिनु परिरहेको छ ।’

बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ।

उदयपुरमा १ सय बेडको कोरोना अस्पताल बन्ने

नेपालमा सुरुवाती चरणमै कोरोना भाईरस (कोविड–१९) का ३२ संक्रमित उदयपुरमा देखिएर त्रसित बनाएको जिल्लाबासीले उदयपुरमै कोरोना अस्पाल खोल्न गरेको माग पुरा हुने भएको छ । वैशाख पहिलो सातादेखि अन्तिमसम्ममा त्रियुगा नगरपालिका ३ को भुल्केस्थित नुरी मस्जिदका जमातिसहित स्थानीय गरी ३२ मा कोरोना भेटिएपछि उदयपुरमै अस्पताल खोल्नुपर्ने माग स्थानीयतहहरुले गरेका थिए ।

कोरोना अस्पताल अस्तव्यस्तः १ सय १६ संक्रमित, २ चिकित्सक र ३ नर्स

मोरङको सुन्दरहरैंचाको गोठगाउँ स्थित कोभिड–१९ अस्पतालमा स्वास्थ्यकर्मी र मेडिकल सामग्रीको अभाव भएको छ। आइतबार प्रदेश १ को लेखा समितिले गरेको अनुगमनका क्रममा कोभिड अस्पतालमा स्वास्थ्यकर्मी र मेडिकल सामग्री अभाव भएको देखिएको हो।

टीकापुरमा ३० श्ययाको अस्थायी कोरोना अस्पताल सञ्चालन

कोरोना सङ्क्रमण फैलिँदै गएपछि टीकापुरमा तयार गरिएको अस्थायी कोरोना अस्पताल आजदेखि सञ्चालनमा आएको छ।

अस्थायी कोरोना अस्पतालमा बेड अभाव

कलैया उपमहानगरपालिका ३ गंगापुरमा रहेको प्रादेशिक्ष शैक्षिक तालिम केन्द्रमा संचालनमा ल्याइएको अस्थायी कोरोना अस्पतालमा संक्रमितहरूलाई राखेर उपचार गर्ने आइसोलेसन बेडको कमी देखिएको छ। जेठ १६ गते देखि कलैया जिल्ला अस्पतालको बिकल्प रुपमा प्रादेशिक शैक्षिक तालिम केन्द्रमा अस्थायी कोरोना अस्पताल संचालन ५० वटा आइसोलेसन बेडबाट संचालनमा ल्याइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्