२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

२ सय ७१ मध्ये ३२ जना निको भएर फर्किए

प्रदेश नं. ५ मा कोरोना संक्रमितहरु उपचारपछि निको भएर घर फर्कन थालेका छन् । बुटवलको धागो कारखानामा संचालित कोभिड अस्पतालबाट शनिबार साँझ १० जना संक्रमित निको भएर घर फर्केका हुन । उनीहरु सबै कपिलवस्तुका हुन ।

टेलिफोनबाटै विशेषज्ञ सेवा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. पुजनकुमार रोकायाको मोबाइलमा एकाबिहानै घण्टी बज्यो। मोबाइलमा नयाँ नम्बरबाट फोन आएको थियो। नयाँ नम्बर देखिने बित्तिकै डा. पुजनकुमारले अड्कल काटिहाले, ‘यो फोन पक्कै पनि कुनै बिरामीको हुनुपर्छ ।

पाँच सातामा सात जनाको मृत्यु

नारायणी अस्पताललाई कोभिड–१९ विशेष अस्पताल बनाइँदा त्यहाँ सञ्चालित डाइलासिस सेवा बन्द भएपछि नेसनल मेडिकल कलेजमा सारिएका, डाइलाइसिस उपचार लिइरहेका ४० मिर्गौला रोगीमध्ये सात जनाको मृत्यु भएको छ । पीडित पक्षले यी मृत्युका घटना नेसनल मेडिकल कलेज शिक्षण अस्पतालको गम्भीर लापरबाहीका कारण भएको आरोप लगाएका छन् ।

कोरोना संक्रमितलाई चार दिनसम्म अस्पताल पुर्‍याइएन

कर्णालीका एक मात्र कोरोना संक्रमित दैलेखस्थित ३५ वर्षीय युवालाई अस्पताल पुर्‍याउनुको सट्टा विद्यालयमा राखिएको छ । जसले गर्दा मनबोल कमजोर बनेको कोरोना संक्रमित आठबीस–१, सात्तलाका ती युवाले बताए ।

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु र परिवार डिस्चार्ज

नेपालमै पहिलो पटक नोबल कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोक, बाह्रबिसे–९ की २९ वर्षिया महिलाको १७ दिनका शिशु धुलिखेल अस्पतालबाट डिस्चार्ज भएका छन्।

सँगै बजेट आएको बाग्लुङमा आइसियु बन्यो, गोरखामा टुङ्गो छैन

दोस्रो पटक वैशाख तेस्रो साता गरिएको टेण्डरमा तीनवटा फर्म दर्ता भएका छन् । ती फर्मको प्राविधिक र आर्थिक मूल्याङ्कन हुन बाँकी छ ।

सँगै बजेट आएको बाग्लुङमा आईसियू बन्यो, गोरखामा अझैं टुङ्गो छैन

बढ्दो कोरोना संक्रमणका बेला सार्वजनिक खरिद प्रक्रिया नै छोट्याएर गोरखा अस्पतालमा दुई साता भित्र निर्माण गर्ने भनिएको भेन्टिलेटर सहितको आईसियू कक्ष अझै निर्माण सुरु भएको छैन।

अस्पतालका कर्मचारीलाई नि:शुल्क कोरोना बिमा

जिल्ला अस्पताल सिन्धुलीका चिकित्सक तथा कर्मचारीहरुको कोरोना बिमा गरिने भएको छ । कोभिड–१९ मा खट्ने सम्पुर्ण कर्मचारीको कोरोना बिमा गर्न लागेको जिल्ला अस्पताल सिन्धुलीले जनाएको छ ।

'विरामी र नर्सको मनोबलले कोरोना जितिन्छ'

नारायणी उपक्षेत्रीय अस्पतालकी नर्स हेमा थापा कोभिड–१९ सेवाकी नर्सिङ सुपरभाइजर हुन् । डेढ महिनाअघि तीन जना भारतीय व्यक्तिमा कोरोना संक्रमण हुँदादेखि यता हेमा नै संक्रमित विरामीहरुको सेवामा खटिएकी छिन् ।

वीरगन्जमा अस्पताल अपुग, नयाँ संक्रमित राख्ने ठाउँ समेत छैन

सर्वसधारणलाई उपचार प्रदान गर्ने मुख्य आधार रहेको यहाँको नारायणी अस्पताल अहिले कोरोना संक्रमितहरुबाट भरिएर त्यहाँ नयाँ संक्रमित राख्ने ठाउँ अब छैन । यसले गर्दा गैरकारोनाका आम बिरामीले उपचार पाउने ठाउँ वीरगन्जमा नहुनाका साथै कोरोनाका संक्रमितलाई पनि त्यो ठाउँ अपुग भएर समस्या ज्युँका त्युँ छ ।

सामान्य अवस्थामा अस्पताल नआउन अनुरोध

जिल्ला अस्पताल बैतडीले नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले सामान्य बिरामीलाई अस्पताल नआउन आग्रह गरेको छ।

प्रत्येक जिल्लामा कोरोना अस्पताल चाहियो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश २ का सबै जिल्लामा कोरोना विशेष अस्पताल निर्माण गर्न सरकारसँग माग गरेको छ । प्रदेश २ कोरोना भाइरस संक्रमणको अत्यन्त जोखिममा रहेको जनाउँदै नेकपा प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले कोरोना नियन्त्रण तथा उपचारमा विशेष ध्यान केन्द्रित गर्न सरकारसँग माग गरेका हुन् ।

शुक्रराज अस्पताललाई ‘डेलिभरी रोबाेट’

भक्तपुरको चाँंगुनारायण नगरपालिकास्थित दुवाकोटमा रहेको नेपाल इन्जिनियरिङ कलेज (नेक) का प्राध्यपाक तथा विद्यार्थीको टोलीले बनाएको ‘डेलिभरी रोबोट’ शुक्रबार एक कार्यक्रमबीच काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई हस्तान्तरण गरिएको छ।

नर्समा कोरोना देखिएपछि कपिलवस्तु अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द

स्टाफ नर्समा समेत कोरोना संक्रमण भएको पुष्टि भएपछि कपिलवस्तु अस्पतालको आकस्मिक बाहेका सबै सेवा शुक्रबारबाट बन्द गरिएको छ । तीन दिन अघि अस्पतालका कार्यरत २५ वर्षिय एक स्टाफ नर्स सहित कपिलवस्तु नगरपलिकाका आठ जनामा कोरोना संक्रमण देखिएको थियो । अस्पतालको प्रसुति वार्डमा कार्यरत उनी स्टाफ नर्सलाई अस्पताल कै आईसोलेन बेडमा उपचाररत छिन्। स्टाफ नर्स संक्रमित भएपनि अस्पतालमा सेवा सुचारू गरिएकोमा तौहिलवामा विरोध सूरू भएको थियो ।

कोरोना भाइरस उपचार केन्द्र बनाउन लागिएको कलैया अस्पतालको विकल्प खोज्न माग

प्रदेश २ सरकारले जिल्ला अस्पतालको रुपमा सेवा दिई रहेको कलैया अस्पताललाई कोरोना उपचार केन्द्रका रुपमा सञ्चालन गर्ने गरेको निर्णयको बिरोध शुरु भएको छ । प्रदेश सरकारको निर्णयले कलैया अस्पातलले दिइरहेको इमरजेन्सी, ओपिडि, इन्डोर, प्रसूति र प्रसूति शल्यक्रिया लगाएतको सेवाहरु अवरुद्ध हुने भएकोले यसको बिकल्प खोज्न माँग गदैैै बिरोध शुरु भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्