१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रविधि

शुक्रराज अस्पताललाई ‘डेलिभरी रोबाेट’

भक्तपुरको चाँंगुनारायण नगरपालिकास्थित दुवाकोटमा रहेको नेपाल इन्जिनियरिङ कलेज (नेक) का प्राध्यपाक तथा विद्यार्थीको टोलीले बनाएको ‘डेलिभरी रोबोट’ शुक्रबार एक कार्यक्रमबीच काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई हस्तान्तरण गरिएको छ।

अस्पतालका बिरामीलाई औषधि, पानी, खानेकुरालगायत सामग्री दिन जाने स्वचालित रोबोट कलेजका बोर्ड अध्यक्ष एवं चाँंगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीलाई हस्तान्तरण गरेका हुन्।  हस्तान्तरित रोबोटलाई अस्पतालको आइसोलेसन वार्डमा प्रयोग गरिने जनाइएको छ। त्यससँंगै रोबोट कसरी सञ्चालन गर्ने भनी अस्पतालमै करिब आधा दर्जन नर्सलाई निर्माण टोलीले अभ्यास गराएको थियो।

रोबोटलाई अस्पतालको आइसोलेसन वार्डहरूमा लगेर डेमोसमेत गराइएको थियो। हस्तान्तरण कार्यक्रमलगत्तै कलेजका तर्फबाट कलेजका प्राचार्य प्राध्यापक डा. हरिकृष्ण श्रेष्ठ र अस्पतालका तर्फबाट अस्पताल प्रशासन शाखाका अधिकृत रूपनारायण खतिवडाले रोबोट सञ्चालनका क्रममा कुनै प्राविधिक समस्या आइपरे निर्माण कार्यमा सहभागी प्राध्यापक तथा विद्यार्थीको टोलीले बनाइदिने सहमति भएको हो।  

सहायक प्राध्यापकहरू रूपेशदही श्रेष्ठ, दिनेश डंगोल, सचिन श्रेष्ठ र अभिनास खत्री केसी तथा विद्यार्थीहरू उत्सव खड्का, सरोज चौधरी, राजु श्रेष्ठ र कुमार श्रेष्ठले उक्त रोबोट बनाएका हुन्। परीक्षणमा ३० किलोग्रामसम्म सामान बोकेकाले औषधि र खानाबाहेक अरू पनि आवश्यक सामान रोबोटले बोक्न सक्ने क्षमता रहेको जनाइएको छ। करिब २५ हजारको लागतमा यसको निर्माण सम्भब भएको बतााइएको छ।

प्रकाशित: ३ जेष्ठ २०७७ ०६:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App