७ पुस २०८१ आइतबार
image/svg+xml
राजनीति

ताली बजाउन होइन, काम गरेर परिणाम निकाल्न आएको हुँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको बताएका छन्।

शनिबार विश्व ध्यान दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मानिस भएपछि एकले अर्कोलाई प्रेम गर्नुपर्ने र नेपालीहरू एकजुट हुनुपर्ने बताए। उनले परस्परमा घृणा नभइ विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको भनाइ राखे।

प्रधानमन्त्री ओलीले ध्यान र योगले भवना, व्यवहार, अभ्यासलाई राष्ट्रिय एकताको भावनाका रूपमा अघि बढाउन मद्दत गर्ने बताए। उनले ध्यान दिवसलाई औपचारिक दिवसको रूपमा मात्रै नभइ वास्तविक जीवन पद्धतिको रूपमा अपनाउने मार्गदर्शनको रूपमा अघि बढाउनुपर्ने उल्लेख गरे।

सोही क्रममा ओलीले आफू ताली बजाउन नभइ काम गरेर परिणाम निकाल्नका लागि सरकारमा रहेको बताए। आफू काममा विश्वास गर्ने र कामबाट परिणाम निकाल्नमा विश्वास गर्ने व्यक्ति भएको जिकिर गरे। 

प्रधानमन्त्री ओलीले ज्ञानको मुहान ध्यान भएको उल्लेख गर्दै ध्यान र योगलाई आफ्नो दिनचर्या बनाउन आह्वान समेत गरे।

प्रकाशित: ६ पुस २०८१ १२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App