७ पुस २०८१ आइतबार
image/svg+xml
राजनीति

एकताका लागि कार्यदल बन्ने, एक साताभित्र वामदेव एकीकृत समाजवादी भित्रिने

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एक हप्ताभित्र नेकपा (एकीकृत समाजवादी) भित्रिने भएका छन् ।

बिहीबार गौतम र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको भेटमा यो सहमति भएको अभियानका नेता डीबी कार्कीले बताए ।

नेता कार्कीका अनुसार एकतापूर्व दुवै पार्टीका तर्फबाट दुई-दुई सदस्यीय कार्यदल बन्नेछ । उक्त कार्यदलले एकताको खाका तयार पार्ने र त्यहीअनुरूप एक हप्ताभित्र एकता हुने बताइएको छ ।

एकीकृत समाजवादीमा गौतमलाई तेस्रो वरीयता दिने गरी छलफल भइरहेको छ ।

यो पनि पढ्नुहोस्

वामदेव गौतमलाई भित्र्याउँदै एकीकृत समाजवादी

प्रकाशित: ५ पुस २०८१ १९:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App