८ पुस २०८१ सोमबार
image/svg+xml
समाज

सम्सीमा निःशुल्क पशु स्वास्थ्य शिविर

महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित निःशुल्क पशु स्वास्थ्य शिविरमा तीन हजार बढी पशुलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना धनुषाको आर्थिक एवं प्राविधिक सहयोगमा सम्सी २ र ५ मा आइतबार आयोजित सो निःशुल्क पशु स्वास्थ्य शिविरमा एक हजार सात सय बढी बाख्रा, एक हजार चार सय बढी गाई र भैँसीलाई विभिन्न स्वास्थ्य सेवा प्रदान गरिएको थियो।

आयोजनाका प्रमुख युगलकिशोर तिवारीका अनुसार शिविरमा पशुको गर्भ परीक्षण, प्रजनन जाँच, ‘पिपिआर’ खोप, ‘एचएसबीक्यू’ खोप, नाम्ले जुकाको औषधि, ‘लिभर टनिक’, ‘मिनरल’ र ‘भिटामिन’ वितरणलगायतका सेवा प्रदान गरिएको थियो।

यस क्षेत्रका बढी पशुहरूमा भित्री परजीवी र बाह्य परजीवीका कारण गर्भ नबस्ने समस्या बढी देखिएको उपचारमा संलग्न पशु सेवा विशेषज्ञ मुकेश पण्डितले बताए। उनले यस्ता समस्या देखिएका पशुहरूलाई स्वास्थ्य सेवा प्रदान गर्नुका साथै गर्भ बस्ने औषधि वितरण गरिएको बताए।

त्यस्तै गाई, भैँसीलाई ‘एचएसबीक्यू’ खोप तथा औषधि मार्फत विभिन्न रोगको उपचार गरिएको छ। बाख्रामा ‘पिपिआर’ खोप र औषधि मार्फत उपचार गरिएको  पशु चिकित्सक रामशङ्कर शर्माले बताए।  

प्रकाशित: ८ पुस २०८१ ०८:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App