२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नर्समा कोरोना देखिएपछि कपिलवस्तु अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द

स्टाफ नर्समा समेत कोरोना संक्रमण भएको पुष्टि भएपछि कपिलवस्तु अस्पतालको आकस्मिक बाहेका सबै सेवा शुक्रबारबाट बन्द गरिएको छ । तीन दिन अघि अस्पतालका कार्यरत २५ वर्षिय एक स्टाफ नर्स सहित कपिलवस्तु नगरपलिकाका आठ जनामा कोरोना संक्रमण देखिएको थियो । अस्पतालको प्रसुति वार्डमा कार्यरत उनी स्टाफ नर्सलाई अस्पताल कै आईसोलेन बेडमा उपचाररत छिन्। स्टाफ नर्स संक्रमित भएपनि अस्पतालमा सेवा सुचारू गरिएकोमा तौहिलवामा विरोध सूरू भएको थियो ।  

अस्पतालका निमित्त मेसु डाक्टर गणेश क्षेत्रीले अस्पतालमा कार्यरत नर्स संक्रमति भएपछि अस्पतालमा आकस्मिक सेवा र प्रसुति सेवा बाहेक सबै सेवाहरू बन्द गरिएको सुचना निकालेका छन्। अस्पतालमा कार्यरत कर्मचारीहरूमा पनि कोरोनाको जोखिममा परेको र स्वाब संकलन कार्य जारी रहेको डाक्टर क्षेत्रीले बताए । स्वाबको रिर्पोट नआए सम्मकालागि अस्पतालमा सेवा बन्द गरिएको हो । अस्पतालमा कार्यरत कर्मचारीलाई सुरक्षित र अस्पतालको संम्पर्कमा रहन आग्रह गरिएको छ । 

कपिलवस्तु अस्पतालका मेसु, संक्रमित नर्स सहीत ७ जनाको स्बाव संकलन गरी बिहीवार नै भैरहवामा पठाईएको अस्पतानलका ब्यवस्थापक रत्नाकर शुक्लाले जानकारी दिए । शुक्लाका अनुसार अस्पतालका कर्मचारी, स्वस्थ्यकर्मी, प्रहरी गरी ९० जनाको स्बाव संकलन कार्य जारी छ । कपिलवस्तु नगरपालिकाको बुद्धपदम उमावि र महेन्द्र आधाभुत विद्यालयमा क्वारेनटाईन तथा अस्पतालको ५ जना गरी कुल १ सय ३ स्वाब पठाईएकोमा ८ जना संक्रमित भेटिएको नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका कोरोनाका फोकल पर्सन कुमार थापाले संक्रमित भेटिएकी नर्सको लामो कन्ट्राक्ट हिस्ट्री भएकाले समय लाग्ने बताए । ‘ कन्ट्राक्ट हिस्ट्री र कन्ट्राक्ट ट्रेसिङको कार्य जारी छ, एक दुई दिन अझै लाग्छ ’ उनले भने । कपिलवस्तनुमा ४० जना संक्रमित भेटिएका छन्।

प्रकाशित: २ जेष्ठ २०७७ ०८:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App