१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

सँगै बजेट आएको बाग्लुङमा आईसियू बन्यो, गोरखामा अझैं टुङ्गो छैन

गोरखा अस्पताल। तस्विरःनागरिक

बढ्दो कोरोना संक्रमणका बेला सार्वजनिक खरिद प्रक्रिया नै छोट्याएर गोरखा अस्पतालमा दुई साता भित्र निर्माण गर्ने भनिएको भेन्टिलेटर सहितको आईसियू कक्ष अझै निर्माण सुरु भएको छैन। स्वास्थ्य मन्त्रालय अन्र्तगतको नीति योजना तथा अनुगमन महाशाखाले गण्डकी प्रदेशको बाग्लुङ र गोरखा अस्पतलमा भेन्टिलेटर सहितको आईसियू निर्माण गर्न बजेट निकासा गरेको थियो।  

बाग्लुङमा दुई साता अघि निर्माण सम्पन्न भएर आईसियू प्रयोगमा आइसकेको बाग्लुङ अस्पतालका सुचना अधिकारी तिर्थराज गौतमले बताए। ‘बैशाख पहिलो साता टेण्डर गरेका थियौँ, प्रदेशबाट इन्जिनियर बोलाएर मूल्याङ्कन गरेपछि सम्झौता गर्न आउँदा नै सामग्री लिएर आउन कम्पनीलाई भन्यौँ, छिट्टै बन्यो।’ तीन बेडको आईसियू रहेको अस्पतालमा बिहिवार शल्यक्रिया गरेका बिरामीलाई राखेर सेवा दिईरहेको उनले बताए।  

यती बेला भेन्टिलेटर सहितको आईसियू सेवा गोरखा अस्पतालले पनि दिएको हुनुपथ्र्यो तर छैन। ‘पटक–पटक टेण्डर गर्नुपर्दा ढिलो भएको हो’ गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट नबिन थापाले भने। बैशाख ४ गते पहिलो पटक टेण्डर आह्वान गरेको अस्पतालले प्रक्रिया पुगेका कुनैपनि फर्म दर्ता नभएको भन्दै पुन टेण्डर गरेको जनाएको छ।

दोस्रो पटक बैशाख तेस्रो साता गरिएको टेण्डरमा तीनवटा फर्म दर्ता भएका छन्। ती फर्मको प्राविधिक मूल्याङ्कन, आर्थिक मूल्याङ्कन हुन बाँकी छ। ‘प्राविधि मूल्याङ्कन पास भएपछि, आर्थिक मूल्याङ्कन हुन्छ, त्यो पास भएपछि ठेक्क सम्झौता हुन्छ’ निमित्त मेडिकल सुपरिटेण्डेन्ट थापाले भने ‘सार्वजनीक खरिद ऐन, नियमावलीका सबै प्रक्रिया पुरा गर्नुपर्ने हुँदा समय लागेको हो।’ गोरखा अस्पतालमा ‘बायोमेटिकल इन्जिनियर’ नभएकाले एक साता अघि प्रदेशबाट बोलाइएको उनले बताए। तर अझै प्रदेशबाट इन्जिनियर मूल्याङ्कनका लागि आएका छैनन्।  

स्वास्थ्य मन्त्रालय अन्र्तगतको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डाक्टर गुणराज लोहनीले एक महिना भित्र तयार गर्ने योजना सहित बजेट निकासा गरेको बताए। कोरोनाको संभावित खतरालाई ध्यान दिएर उपचारमा सजता ल्याउन आईसियू निर्माण छिटो गर्ने योजना महाशाखाको थियो। ९० लाख लगानीमा अस्पतालमा सुविधा सम्पन्न भेन्टिलेटर सहितको आईसियू दुई साता भित्र बन्ने चर्चा चलेको थियो। बजेट निकासा भएको डेढ महिना बितिसक्दा अझै टेण्डर प्रक्रिया टुङ्गिएको छैन।  

प्रकाशित: ९ जेष्ठ २०७७ ०५:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App