९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

३०८ बालबालिकाको स्वास्थ्य परीक्षण, २६ जनामा अपाङ्गगता पहिचान

कालीकोटको नरहरिनाथ गाउँपालिकामा १८ वर्ष मुनिका बालबालिकाको अपाङ्गगता पहिचानका लागि संचालन गरिएको दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ।

गाउँपालिकाको आयोजना र प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा सञ्चालन भएको यस शिविरमा ३०८ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षणको क्रममा २६ जना बालबालिकामा अपाङ्गगता पहिचान भएको सादा नेपालका परियोजना संयोजक दलसिंह कुमालले जानकारी दिए।

अपाङ्गगता पहिचान गरिएका बालबालिकालाई आवश्यक सामग्री र औषधि वितरण गरिएको छ। साथै, ती बालबालिकालाई पालिका अपाङ्गता समितिमार्फत अपाङ्गगता परिचयपत्र वितरण गरिने कुमालले बताए।

गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर विष्टले यस्ता बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन र उनीहरूको शिक्षामा नियमितता सुनिश्चित गर्न स्थानीय सरकारले आवश्यक बजेट तथा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्ने बताए।

‘अपाङ्गगता भएका व्यक्तिहरूको अधिकार र सुरक्षाको प्रत्याभूति गर्दै विकासका सबै क्षेत्रमा उनीहरूको पहुँच सुनिश्चित गर्न लक्षित कार्यक्रम सञ्चालन गरिनेछ,’ अध्यक्ष विष्टले भने।

अपाङ्गता भएका महिला र बालिकाको अधिकार सुनिश्चित गर्न ऐन तथा नियममा सकारात्मक विभेदको व्यवस्था गरिने र आगामी दिनमा विद्यालयस्तरमा यस्ता स्वास्थ्य शिविर नियमित सञ्चालन गरिने प्रतिबद्धता उनले जनाए।

उक्त शिविर सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल), जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोट, र योगी नरहरिनाथ आधारभूत अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो।

प्रकाशित: ९ मंसिर २०८१ १७:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App