१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा एकको मृत्यु

पिसीआर रिर्पोट आउन बाँकी

बुटवलको लुम्बिनी प्रादेसिक अस्पतालको आइसोलेसनमा उपचारत गुल्मीका एक जना पुरुषको आज मृत्यु भएको छ । गुल्मीको धुर्कोट गाँउपालिका  वडा नं. ४का ४२ वर्षे ती पुरुषलाई शनिबार बिहान प्रादेशिक अस्पताल ल्याइएको थियो ।  जेठ २४ गते भारतको मुम्बईबाट फर्केका उनी धुर्कोट  ४ को फुलबारी प्राविको क्वारेन्टिनमा बसेका थिए ।

शुक्रबार अचानक स्वासप्रस्वाशमा समस्या देखिएपछि क्वारेन्टिनबाट जिल्ला अस्पताल तम्घास पठाइएको  वडा नं ४ का वडाध्यक्ष मानवहादुर कुँवरले बताए । स्वास प्रश्वासको समस्यासगै ज्वरो आएकाले कोरोना हुन सक्ने आशंकामा तम्घास अस्पतालले  बुटवल रेफर गरीदिएको थियो । शनिबार बिहान प्रादेसिक अस्पताल आएका ती व्यक्तिलाई स्वासप्रस्वास र ज्वरोको समस्या देखिएको अस्पतालका डा सुदर्शन थापाले बताए ।

कोरोनासंग मिल्दो जुल्दो लक्षण देखिएकाले इमरजेन्सीको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको र आइतबार दिउसो उनको मृत्यु भएको डा थापाले बताए । ती व्यक्तिको शनिबारै थ्रोट स्वाब परिक्षणकालागि जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएपनि  आइतबार साँझ सम्म रिर्पोट आएको छैन ।

प्रकाशित: ३२ जेष्ठ २०७७ १३:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App