८ वैशाख २०८१ शनिबार
समाज

गोरखा अस्पतालबाट थप ८ जना कोरोना निको भएपछि घर फर्किए

पिसिआर पोजेटिभ देखिएपछि गोरखा अस्पतालमा उपचार गराइरहेका आठ जना कोरोना निको भएपछि घर फर्किएका छन् । अस्पताल आएर उपचार गराएपछि गरिएको पुनः जाँचका क्रममा रिपोर्ट नगेटिभ देखिएका गण्डकी गाउँपालिकाका चार जना, भिमसेन थापा गाउँपालिकाका दुई जना, पालुङटार नगरपालिकाका एक र काभ्रे पाँचखालका एक जनालाई डिस्चार्ज गरिएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए । उनीहरुलाई घर गएपछि पनि आफ्नो स्वास्थ्यको ख्याल गर्न स्वास्थ्यकर्मीले परामर्श दिएका छन् ।  

‘१४ दिन आइसोलेसनमा राख्यौँ, दुई पटक पिसिआर रिपोर्ट नेगेटिभ आएपछि शनिवार घर पठाएका हौँ’ उनले भने । १४ दिन आइसोलेसनमा बसेका कुनै लक्षण नदेखिएकालाई थप तीन दिन राखेर घर पठाउने सकिने भएपनि अस्पतालले दुईपटक जाँच गर्दा कोरोना निको भएको पुष्टि भएपछि मात्रै घर पठाएको उनले बताए । आठ जना डिस्चार्ज भएसँगै गोरखा अस्पतालमा १६जना उपचाररत छन् । पहिलो पटक निको भएर घर फर्किका ८ सहित जिल्लाभर संक्रमितको संख्या भने ४० पुगेको छ ।

प्रकाशित: ६ असार २०७७ ०८:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App