४ माघ २०८१ शुक्रबार
image/svg+xml

कार र मोटरसाइकल त्रिसुलीमा खस्दा २ जनाको ज्यान गयो

पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन–आँबुखैरेनी सडक खण्डको डम्पिङमा सडक भासिँदा एउटा कार र दुईवटा मोटरसाईकल मस्र्याङ्दी नदीमा खसेको छ। दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते छन्।

सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध

नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ। ईच्छाकामना गाउँपालिका ६ तोपे खोलामा बिहान ८ः४५ समयमा माथिबाट सुख्खा पहिरो खस्दा दुवै तर्फि सडक अवरुद्ध भएको हो।

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

वर्षासँगै खसेको पहिराका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।

एम्बुस थापेजस्ता घोराहीका सडक

घोराहीका मुख्य सडकमा एम्बुस थापेजस्ता खाल्डा परेको लामो समय बिते पनि मर्मत नहुँदा दंगालीहरू दिक्क भएका छन्।

कृष्णनगर–झुलनिहवामा २८ करोड लागतको कालो पत्रे सडक बन्दै

कपिलवस्तुको कृषनगर नगरपालिकाको सबैभन्दा विकट गाउँ सिसिंहवामा २८ करोड लागतको सडक निर्माण सुरु भएको छ। कृष्णनगरको सिर्सिहवा–वालानगर–झुलनियामा साढे ७ किलो मिटर लम्बाईको पक्की सडक निर्माण सुरु भएको हो।

प्रधान सेनपातिद्वारा बेनीघाट-लार्के सडकको बेलिब्रिज उद्घाटन

गोरखाको बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक अन्तर्गत माछाखोलामा निर्माण भएको बेलिब्रिज बिहीबारदेखि सर्वसाधारणका लागि खुल्ला भएको छ। प्रधानसेनापति प्रभुराम शर्माले उक्त पुलको उद्घाटन गरेका हुन्।

अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सुचारु

मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत अवरुद्ध भएको सडक सुचारु भएको छ। इच्छाकामना गाउँपालिका ६ स्थित तोपेखोलामा फेरी सुख्खा पहिरो खस्दा शनिबार साँझ करिब पौने ८ बजेदेखि सडक अवरुद्ध भएको थियो।

कालोपत्रे हुँदै बरेङ शान्तिपुर जोड्ने सडक

बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रे हुने भएको छ।

उपत्यकाको फोहाेर फेरि सडकमै

पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहाेर व्यवस्थापन कार्य पुनःरोकिएको छ।

दुई मोटरसकाइकल ठोक्किदा तीन जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय सप्तरीकाअनुसार दुर्घटनामा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका –३ का ३० वर्षीय पप्पु यादव, वर्ष २६ का सन्दीप यादव र वर्ष २८ का बुच्चु भन्ने रञ्जित यादवको मृत्यु भएको हो।

बल्न छोडे तुलसीपुरका सडकबत्ती

तुलसीपुर बजारका सडकका दायाँबायाँ राखिएका बत्ती बल्न छोडेको तीन वर्ष पुग्नै लाग्यो। २०७३ सालमा सडक बत्ती जडान गर्ने सम्झौता भएपछि २०७४ सालतिर जडान भए।

सडक खनियो तर स्तरवृद्धि भएन

सदरमुकामसँग जोडिएको खाँडाचक्र नगरपालिकाले पाँच वर्षमा ८५ किलोमिटर ग्रामीण सडक निर्माण गर्‍यो। तर कालोपत्रे र स्तरवृद्धि नहुँदा समस्या हुने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्