२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुई मोटरसकाइकल ठोक्किदा तीन जनाको मृत्यु

हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा भएको शुक्रबार मध्यराती  दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा तीन युवकको मृत्यु भएको छ।  

जिल्ला प्रहरी कार्यालय सप्तरीकाअनुसार दुर्घटनामा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका –३ का ३० वर्षीय पप्पु यादव, वर्ष २६ का सन्दीप यादव र वर्ष २८ का बुच्चु भन्ने रञ्जित यादवको मृत्यु भएको हो।

मलेकपुरमा  पश्चिम आउँदै गरेको प्र.१–०२४१ प. २२९६ नम्बरको मोटरसाइकल र सोही दिशा आउँदै गरेको प्र. १–०२०४१ प. ९५२४ नम्बरको दुई मोटरसाइकल ठोक्किदा सवार तीनै जनालाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

प्रकाशित: १० वैशाख २०७९ ०२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App