७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

रविलाई गगनको जवाफ: संसदीय समितिमा आउनुस्, तथ्य पुष्टि नभए राजनीति छोड्न तयार छु

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ऋण लिएको तथ्य पुष्टि नभए राजनीति छाड्न तयार रहेको बताएका छन्।

प्रतिनिधिसभाको बैठक चल्न नसकेपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै थापाले लामिछानेले ऋण लिएको तथ्य पुष्टि नभए राजनीति छाड्न तयार रहेको बताएका हुन्।

थापाले भने, 'पुष्टि भयो भने तपाईंले छोडे पनि हुन्छ। गृहमन्त्रीले ऋण लिएको पुष्टि भयो भने उहाँले राजनीति छोडे हुन्छ। कहिले महान्यायाधीवक्ता, कहिले प्रहरी प्रमुखलाई बोल्न लगाउनै पर्दैन । संसदीय छानबिन समितिको नेतृत्व जसले गरे पनि हुन्छ। त्यहीँबाट पुष्टि गरे भइहाल्छ।'

गृहमन्त्री लामिछानेले राज्यका संयन्त्रहरु प्रयोग गरेर जे(जे प्रमाण लुकाउनुपर्ने हो, लुकाइससकेको उनको दाबी छ।

अब संसदीय समिति नबनेसम्म संसद नचल्ने थापाले बताए । साथै पेलेर जान खोजे यो विषय संसदमा मात्र सीमित नहुने भन्दै कांग्रेस महामन्त्री थापाले भने, ‘सडकमा आउँछ, त्यसअनुसार सामाना गर्न सरकारले तयार हुनुपर्छ।’

प्रकाशित: २८ वैशाख २०८१ १८:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App