५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मालबाहक ट्रक एक आपसमा ठोक्किदा एक जना घाइते

चितवनको नारायणगढ मुग्लिङ सडक खण्डमा मालबाहक ट्रक एक आपसमा ठोक्किएका छन्।

आज बिहान करिब ६  बजेको समयमा नारायणगढ मुग्लिन सडक खण्डको तीन नम्बर पुलमा मुग्लिनबाट नारायणगढ तर्फ आइरहेको ना६ख ७८०४ नम्बरको डिब्बा ट्रक र विपरीत दिशाबाट आइरहेको लु२ख ५६५४ नम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन्।

ठक्कर खाँदा ना ६ ख ७८०४ नम्बरको डिब्बा ट्रकको चालक झापा मनोज धिमालको खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइते धिमालको उपचारको लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।

तर, उनको अवस्था माध्यम रहेको उनले बताए। दुवै ट्रक घटना स्थलमा नै रहेकाले नारायणगढ मुग्लिन सडक खण्ड एक तर्फी सुचारु रहेको छ। लु२ख ५६५४ नम्बरको ट्रक चालक प्रहरीको नियन्त्रणमा छन्।

प्रकाशित: १४ जेष्ठ २०७९ ०६:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App