८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सुचारु

मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत अवरुद्ध भएको सडक सुचारु भएको छ। इच्छाकामना गाउँपालिका ६ स्थित तोपेखोलामा फेरी सुख्खा पहिरो खस्दा शनिबार साँझ करिब पौने ८ बजेदेखि  सडक अवरुद्ध भएको थियो।

हिजो गएको पहिरो  हटाएपछि साढे आठ घण्टा पछि सवारी  साधनको आवागमन दुई तर्फी सुचारु भएको थियो। तर, दुवै तर्फ सुचारु भएको आधा घण्टामै पुनः पहिरो खसी सडक अवरुद्ध भएको थियो। अहिले  मुग्लिन र भरतपुरबाट १/१ वटा जे.सि.भि.प्रयोग गरेर  पहिरो हटाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

पहिरो हटाएसँगै अलपत्र परेका सवारी साधन आफ्नो गन्तव्य तर्फ लागेका छन्। यस स्थानमा पटक-पटक सुख्खा पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ।

प्रकाशित: २५ वैशाख २०७९ ०१:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App