१२ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

लागूऔषधसहित मेडिकल संचालक नियन्त्रणमा

.

.

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ राधेराधबाट लागू औषध सहित एक मेडिकल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

राधेराधेस्थित गणेशप्रसाद आचार्यले संचालन गरेको सुजु मेडिकलबाट लागू औषध विक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले सुनसरी धरान उपमहानगरपालिका- १७ घर भएका २८ वर्षीय राजेश गुरागाईंले लागू औषधसहित बाटोमा फेला पारेको थियो।

उनलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा गुरागाईंले सो लागू औषध सुजु मेडिकलबाट खरिद गरेको भनी प्रहरी समक्ष बयान दिएका थिए। उनैको बयानका आधारमा प्रहरीले सो मेडिकलमा छापामारी लागू औषध भेटाएको प्रहरीले जनाएको छ।

त्यहाँबाट लागू औषध बरामद गरी मेडिकल संचालक कैलाली धनगढी उपनगरपालिका-२ घर भएका ४८ वर्षीय गणेश प्रसाद आचार्यलाई समेत नियन्त्रणमा लिएको परिसरका सूचना अधिकृत ढुण्डीराज नेउपानेले जानकारी दिए।

उनलाई लागू औषध मुद्दा सम्बन्धी भक्तपुर जिल्ला अदालतबाट पाँचदिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

प्रकाशित: २५ कार्तिक २०८१ २१:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App