४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कालोपत्रे हुँदै बरेङ शान्तिपुर जोड्ने सडक

बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रे हुने भएको छ।

साढे दुई वर्षभित्र पूर्वाधार निर्माणसहित सडक कालोपत्रे गर्न सडक डिभिजन कार्यालयले ठेक्का आह्वान गरेको छ। उक्त सडकसँगै तीन जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले पाँच सडक कालोपत्रेका लागि सो प्रक्रिया सुरु गरेको हो।

बागलुङ बजार हुँदै सिगाना, बरेङ शान्तिपुर पुग्ने सडक ठेक्का सम्झौता भएको साढे दुई वर्षमा १० किलोमिटर सडक कालोपत्रे भइसक्ने सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी तथा इन्जिनियर कृष्णबहादुर खड्काले जानकारी दिए।

लामो समय बजेट अभावले कालोपत्रेका लागि ठेक्कामा जान नसकेको सडक विभिन्न पहल र प्रयासका बाबजुद हाल आएर कालोपत्रेको चरणमा प्रवेश गरेको बागलुङ क्षेत्र नम्बर एकका  सांसद डा सूर्य पाठकले बताए।

यो ठेक्काअन्तर्गत बागलुङ बजारदेखि बोक्सेसम्म सडक कालोपत्रे भइसकेका कारण बोक्सेबाट बौडैचौरसम्म कालोपत्रे हुदाँ यहाँका जनताले विकासको महसुस गर्ने बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष राजन जिसीले जानकारी दिए।

उक्त सडकको १० किलोमिटरमा नाली, पर्खाल, कल्र्भटलगायतका पूर्वाधार निर्माणपश्चात् सडक कालोपत्रे गरिने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ।  

प्रकाशित: १७ वैशाख २०७९ ०४:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App