२४ असार २०८१ सोमबार
image/svg+xml

कालिकोटमा लागुऔषध विरुद्ध सचेतना र्‍याली

जिल्ला प्रहरी कार्यालय कालिकोटले लागुऔषध विरुद्ध जनचेतना मूलक लालटिन अभियान सुरु गरेको छ।लागुऔषधले व्यक्ति र समाजमा दीर्घकालीन रूपमा नकारात्मक असर पारेको भन्दै प्रहरी कार्यालयले हिजो शुक्रवारदेखि लालटिन अभियान सुरु गरेको हो।

बालबालिका पढाउँदै जुम्ला प्रहरी

जुम्ला प्रहरीले बाल विवाह न्यूनीकरणसम्बन्धी बालबालिकालाई पढाउन थालेको छ। समाजमा बढ्दै गएको बाल विवाहविरुद्ध बालबालिकालाई सचेत गराउन लागिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

सवारी साधनमा ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस

सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी साधनमा ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस गरेको छ।

‍विभिन्न मुद्दाका ४६ पक्राउ, दुई लाख जरिवाना

जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्धामा आरोपित ४६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतबाट विभिन्न मुद्धामा फैसला भई कैद तथा भुक्तान गर्न बाँकी ४६ जनालाई पक्राउ गरेको छ।

‘रुकुममा न्याय भयो, मेरा छोराले कहिले पाउला ?’

किटानी जाहेरीमा अजितको हत्यामा सम्झना पराजुली, टेकबहादुर पराजुली र ध्रुव पराजुली संलग्न भएको दाबी गरिएको छ।

नवराज विकको पक्षमा पैरवी गरेका अधिकारकर्मीविरुद्ध उजुरी

अन्तर्जातीय विवाह गर्न खोज्दा रुकुम पश्चिमस्थित सोतीमा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या मुद्दामा पीडित परिवारको समर्थन गर्दै पैरवी गर्ने दलित अधिकारकर्मी तथा पत्रकार खगेन्द्र सुनारविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ।

आगो ताप्ने क्रममा गयाे ज्यान

आगो ताप्ने क्रममा काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा बाह्रबिसेमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ लोकबहादुर नेपाली रहेका छन्।

मृत फेला परे बेपत्ता स्वास्थ्यकर्मी

घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीका अहेव अङ्ग फडेरा मृत फेला परेका छन्।

दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धरान उपमहानगरपालिका–६ मालपोत चोकमा गए राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन्।

हिरासतमा युवकको ‘हत्या’ गरिएको भन्दै छानबिन गर्न आफन्तको माग

कैलाली जिल्ला प्रहरी कार्यालयमा बयान दिने क्रममा बेहोस भएर कुर्सीबाट ढलेर मृत्यु भएको भनिएका ३१ वर्षीय कृष्ण सेट्टीको ‘हत्या’ गरिएको भन्दै आफन्तले छानबिनको माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्