१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कपडा धुने पाउडर (सरफ) भित्र लागु औषध

फोटो क्याप्सन:प्रहरीले बरामद गरेको लागु औषध ।

सिन्धुली प्रहरीले पतञ्जलिको सरफभित्र राखेर ल्याएको लागु औषध बरामद गरेको छ। प्रहरीले बिहीबार कमलामाई नगरपालिका ६ माझीटारबाट तीन हजार थान एम्पुल नामक लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवालले नागरिकन्यूजलाई जानकारी दिएका छन्।  

माझीटारस्थित विपी राजमार्गको सडक छेउमा ३ वटा बोरा र एउटा भिर्ने झोला शङ्कास्पद रहेको विशेष सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दा पतञ्जलिको सरफसहित डायजेपाम लेखिएको एक हजार एम्पुल, प्रोमेथाजिन इन्जेक्सन लेखिएको एक हजार एम्पुल र नोफिन लेखिएको एक हजार एम्पुल गरी जम्मा तीन हजार एम्पुल लागु औषध बरामद भएको प्रहरीले जनाएको छ ।  

‘पतञ्जलिभित्र राखेर लागु औषध कारोबार हुने गरेको देखियो’, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी सिलवालले नागरिकन्यूजसँग भने। प्रहरीले नियन्त्रणमा लिएको तीन वटा बोरा र एक झोलामा पतञ्जली लेखेको सरफ तथा डायरीमा केहि शङ्कास्पद मोबाइल नम्बर समेत फेला परेको छ। प्रहरीले लागु औषध नियन्त्रण र कारबाहीलाई कडाइ गरेको समेत जनाएको छ। बरामद भएको लागु औषधका आधारमा आवश्यक अनुसन्धान समेत अगाडी बढाइएको प्रहरीले जनाएको छ।  

प्रकाशित: २२ मंसिर २०८० ०३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App