१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विपी राजमार्गबाट १६ टन प्याज बरामद

काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ चेक पोष्टबाट अवैध रुपमा ल्याइएको १६ टनभन्दा बढी प्याज बरामद भएको छ।बिपी राजमार्ग अन्तर्गत धुलिखेल नगरपालिका–९ काभ्रेभन्ज्याङमा सवारीसाधन जाँच गर्ने क्रममा चार सय एक बोरा प्याज बरामद भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

उक्त राजमार्ग हुँदै पूर्वबाट मध्यपहाडी राजमार्गअन्तर्गत बिपी राजमार्गबाट आएका सवारीसाधनहरु जाँच गर्ने क्रममा पुरानो बिलसहित अवैध रुपमा ल्याइएको सातवटा गाडीमा चार सय एक थान बोरा बरामद गरिएको हो।  

प्रकाशित: १ पुस २०८० १५:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App