१० पुस २०८२ बिहीबार
image/svg+xml
कला/संस्कृति

प्रज्ञाप्रतिष्ठानमा पुस्तक प्रदर्शनी

‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञाप्रतिष्ठान’ भन्ने उद्घोषसहित नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानको भानुभक्त कक्षमा रातो रिबन काटेर पुस्तक प्रदर्शनीको उद्घाटन गरेका छन्। उक्त पुस्तक प्रदर्शनी २०८२ वैशाख २ गतेदेखि १८ गतेसम्म रहने छ।

उक्त  प्रदर्शनीमा २०७० सालअघि प्रकाशित भएका पुस्तक तथा पत्रिकाहरू ६० प्रतिशत छुट र २०७१ सालयता प्रकाशित भएका पुस्तकहरू खरिद गर्ने व्यक्ति वा संस्थाका लागि विशेष ४० प्रतिशतको छुट दिइएको छ।

प्रदर्शनीमा अमरकोश,नेपाली साहित्यकोश, कौटिल्यको अर्थशास्त्र , जाँ ज्याक रुसको कन्फेसन्स, ईषाादि नाै उपनिषद्, ग्रिक महाकवि होमरको ओडिसी, हरेराम जोशिको प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङको एरिस्टोटल र उनका काव्य शास्त्र ुपेरी पोइएतिकेसु लगायतका पुस्तकहरू प्रदर्शनीमा राखिएको छ।

साथै  नेपाली  भाषा, साहित्य ,संस्कृति, कला ,इतिहास, दर्शनशास्त्र  र समाजशास्त्र लगायतका पुस्तकहरू प्रदर्शनीमा राखिएको छ। प्रज्ञाप्रतिष्ठानका पुस्तकहरू पाठकसामु पुर्‍याएर पठन संस्कृति विस्तार गर्न उक्त प्रदर्शनीले सहयोग  पुर्‍याउने छ। प्रदर्शनीमा  अनुसन्धानात्मक, संस्कार र संस्कृति तथा विभिन्न भाषाका कोशहरू राखिएको छ।   

प्रकाशित: ३ वैशाख २०८२ ०६:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App