धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहप्रति कटाक्ष गरेका छन्।
जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेको भन्दै राईले उक्त कटाक्ष गरेका हुन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र साहबीच भएको सात बुँदे सहमतिपछि यस्तो प्रतिक्रिया दिएका हुन्।
यो पनि पढ्नुहोस्
रवि-बालेनलक्षित मनिषाको ‘तिखो’ टिप्पणी : विकल्प अनुहारमा होइन, विचारमा हुनुपर्छहर्कले सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने भन्दै कडा आलोचना समेत गरेका छन्। रवि र बालेनबिच भएको सहमतिमा बालेन प्रधानमन्त्री बन्ने उल्लेख छ।
सहमतिपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ! फटाहाहरू... सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे!’
यो पनि पढ्नुहोस्
सम्झौतापछि रविले भने : सहमति नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ
प्रकाशित: १३ पुस २०८२ ०७:३६ आइतबार





