२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

रवि-बालेनलक्षित मनिषाको ‘तिखो’ टिप्पणी : विकल्प अनुहारमा होइन, विचारमा हुनुपर्छ

फाइल तस्बिर

अभिनेत्री मनिषा कोइरालाले विकल्प अनुहारमा होइन, विचारमा हुनुपर्ने तर्क गरेकी छिन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहबीच भएको सात बुँदे सहमतिपछि यस्तो प्रतिक्रिया जनाएकी हुन्।

सहमतिपछि उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘जब सोच र तरिका पुरानै रहन्छन्, तब विकल्पहरू पनि पुनर्चक्रित जस्ता लाग्छन्। विकल्प अनुहारमा होइन, दृष्टि र मूल्यमा हो।’

यो पनि पढ्नुहोस्

सम्झौतापछि रविले भने : सहमति नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ

सहमतिमा जेनजी युवाले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिने र घाइते तथा सहिद परिवारका माग यथोचित सम्बोधन गर्ने उल्लेख छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने व्यवस्था गरिएको छ।

प्रकाशित: १३ पुस २०८२ ०७:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App