राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबिच ७ बुँदे सहमति भएको छ। आज बिहान केहीबेर अघि मात्र उनीहरूबिच एकता गर्दै अघि बढ्ने गरी सम्झौता भएको हो।
सम्झौतापश्चात् रविले सहमति भनेको नेताले खोजेको जस्तो नभइ देशलाई चाहिएको जस्तो हुनुपर्ने बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेख्छन्, 'सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ।'
सम्झौता अनुसार रविले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्ने छन् भने बालेनलाई आगामी प्रधानमन्त्रीका रूपमा अघि सार्ने छन्। सम्झौतापत्रमा रास्वपा सभापति रवि लामिछाने र बालेन शाहले हस्ताक्षर गरेका छन्।
यो पनि पढ्नुहोस्
रवि-बालेनबिच ७ बुँदे सहमति : बालेनलाई आगामी प्रधानमन्त्री, रविलाई पार्टी नेतृत्व (पत्रसहित)
प्रकाशित: १३ पुस २०८२ ०६:२६ आइतबार




-600x400.jpg)
