१२ वैशाख २०८२ शुक्रबार
image/svg+xml ९:५१ पूर्वाह्न
राजनीति

पूर्वराजाको सन्देशपछि जनआन्दोलन समितिको प्रस्ताव- पृथ्वीपथलाई सिद्धान्त मानेर अघि बढौँ

पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देशपछि राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले पृथ्वीपथलाई मार्गनिर्देशक सिद्धान्त मानेर अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ।

'यदि सम्बन्धित पक्षबाट नयाँ शान्ति र सहमतिको प्रस्तावित मार्गचित्रमा नभए हामी पृथ्वीपथलाई मार्गनिर्देशक सिद्धान्तका रूपमा अङ्गीकार गर्दै २०८२ सालको शुभारम्भसँगै परिवर्तनका खाकासहित शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरू यथाशीघ्र घोषणाका साथ अघि बढ्ने  प्रतिबद्धता व्यक्त गर्दछौँ,' समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गर्दै भनेका छन्।

पूर्वराजालाई धन्यवाद दिँदै प्रवक्ता नेपालले पूर्वराजाबाट औपचारिक रूपमा संवैधानिक राजसंस्थाभित्र बहुदलीय प्रजातन्त्र तथा पृथ्वीपथको प्रस्तावित नीति नेपालको राजनीति मात्र नभई राष्ट्रनीतिको रूपमा अबको नेपालको नयाँ मार्गचित्र हुने कुरा आएको पनि बताएका छन्।

त्यसका लागि उनले सबै एक ठाउँ हुनुपर्ने पनि बताएका छन्। 'सबै वर्ग, क्षेत्र, समुदाय र तह-तप्काका नागरिकहरू तथा विदेशमा रहनु भएका नेपालीहरूलाई एकताबद्ध भइदिनु पनि आह्वान गर्दछौंँ,' उनले भनेका छन्।

यसअघि आजै एक भिडिओ सन्देश जारी गर्दै पूर्वराजा शाहले अबको राजनीतिको मूलधार पृथ्वीपथ हुनुपर्ने बताएका थिए।

प्रकाशित: ३१ चैत्र २०८१ २०:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App