११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

गाँजा खेती नष्ट

सर्लाही प्रहरीले पाँच बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ। सर्लाहीको ईश्वरपुर नगरपालिका १२ मा रहेको पिपलदहमा डाँडापाखास्थित पाँच बिगाहा क्षेत्रफलमा गरिएको गाँजा खेती सर्लाही प्रहरीले नष्ट गरेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपि दिपेन्द्र पंजियार थारुको कमान्डमा खटिएको ४२ जनाको प्रहरी टोलीले गाँजा खेती नष्ट गरेको हो।

गत वर्ष पनि सर्लाहीको विभिन्न ठाउँमा लगाइएको पचासौँ बिगाहा गाँजा खेती सर्लाही प्रहरीले नष्ट गरेको थियो।

प्रकाशित: २५ मंसिर २०८० ०५:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App