२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‍विभिन्न मुद्दाका ४६ पक्राउ, दुई लाख जरिवाना

जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दामा आरोपित ४६ जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा भुक्तान गर्न बाँकी ४६ जनालाई पक्राउ गरेको छ। पक्राउ गरेका ४६ जनाबाट दुई लाख १२ हजार २ सय रुपैयाँ जरिवाना सहित ४ महिना १६ दिनको कैद भुक्तान गरिएको उल्लेख छ।

प्रहरीका अनुसार चेक अनादार मुद्दामा २९ जनालाई पक्राउ गरिएको छ। त्यस्तै चोरी मुद्दामा दुई जना, जुवा मुद्दामा तीन जना, दूषित तथा न्यून स्तरको खाद्यपदार्थ उत्पादन तथा विक्री वितरण मुद्दामा १ जना, सार्वजनिक स्थानमा अभद्र व्यवहार मुद्दामा ४ जनालाई पक्राउ गरिएको हो।

जालसाझी मुद्दामा ४ जना, साधारण चोरी मुद्दामा १ जना, सवारी अंगभंग मुद्दामा १ जना र अभद्र व्यवहार मुद्दामा १ जना रहेका छन्। प्रहरीले केही दिन अघि मात्रै पोखराका बिजुलीका पोलहरुमा रहेको नेपाल टेलिकमको कपर केबुल तारहरु चोरी गर्ने दुई जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रहरीले पोखरा महानगरपालिका–१९ लामाचौरस्थित गोस्ते जाने सडक खण्डमा सोही दिशा तर्फ जाँदै गरेको ग २ च ५२६ नम्बो सुजुकी मारुती कारलाई शङ्कास्पद अवस्थामा फेला परिएको जनाएको छ।

कारको पछाडि भागमा चेकजाँच गर्दा ३सय ३१ मिटर कपर (तामा) केबुल तार फेला पारेको थियो। पोखरा २५ बस्ने ५८ वर्षीय लालबहादुर परियार र भारत मोतिहारी घर भई सोही ठाउँ बस्ने ३९ वर्षीय श्यामनाथ जैसवाललाई  जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रण लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ। 

प्रकाशित: २ पुस २०८० ०९:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App