१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बालबालिका पढाउँदै जुम्ला प्रहरी

जुम्ला प्रहरीले बालविवाह न्यूनीकरणसम्बन्धी बालबालिकालाई पढाउन थालेको छ। समाजमा बढ्दै गएको बाल विवाहविरुद्ध बालबालिकालाई सचेत गराउन लागिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

जुम्लाको चन्दननाथ नगरपालिकाभित्रका १० वटै वडामा गठित बालक्लब र संञ्जालमा आबद्ध बालबालिकालाई बालविवाह, लागुऔषध दुर्व्यसन र साइबर अपराधबारे सुसूचित गर्ने लागिएको हो।

चन्दननाथ नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजना, युनिसेफको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालयको प्रहरी साझेदारी कार्याक्रम अन्तर्गत १८ वर्षमुनिका बालबालिकालाई बालविवाह, यसको पारेको सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक असर, बालविवाहबाट सृजित महिला हिंसा, घरेलु हिंसा लगायतका विषयमा प्रशिक्षण दिंदै आइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रल्हाद कार्कीले बताए।

कार्कीका अनुसार प्रहरीले यसअघि शिक्षक शिक्षिका एवं विद्यार्थीका बीचमा लागुऔषध तथा दुर्व्यसनी, लैंगिक हिंसा र बाल विवाहविरुद्ध कसुरका विषयमा सचेतनाका कार्यक्रम गरिएको थियो।

प्रहरीको जिम्मेवारी अपराधी नियन्त्रण, घटना अनुसन्धान र शान्ति–सुव्यवस्था कायम जस्ता क्षेत्रमा मात्रै सीमित छैन भन्ने छर्लंग नहुँदा प्रहरी, समाजभन्दा परको जस्तो ठान्ने धेरै भेटिन्छन्।

घरेलु हिंसा, लागुऔषध दुव्यर्सनविरुद्ध सचेतना, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापनका बारेमा सर्वसाधारणलाई चेतनशील बनाउने जिम्मेवारी पनि प्रहरीले लिएको उनको भनाइ छ। युवा र बालबालिका आपराधिक क्रियाकलापमा संलग्नताका हिसाबले जोखिममा परेको वर्ग भएकाले प्रहरीले चेतनामूलक कार्यक्रमलाई वडा केन्द्रित गरिने छ।

प्रहरी एकाइभन्दा भौगोलिक हिसाबले टाढा रहेका बेला आफूलाई कुनै समस्या आइलागे कसरी प्रहरीको सहयोग लिन सकिन्छ भन्ने विषयमा पनि सिकाउँदै छौं।

समाजमा शान्तिसुरक्षा कायम गर्न, जनतासँग प्रहरी साझेदारी बढाउन, विभिन्न अपराधविरुद्ध जनतालाई चनाखो बनाउन र युवामा बढ्दै गएको लागुऔषध दुर्व्यसनी तथा प्रविधिको गलत प्रयोग नियन्त्रण गर्न सचेतनाले ठूलो भूमिका जिल्ला प्रहरी कार्कीले बताए।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला विभिन्न स्थानमा लागुऔषध दुव्र्यसनी, महिला हिंसा, घरेलु हिंसा, बाल विवाह, बहु विवाह न्यूनीकरण, सवारी दुर्घटना न्यूनीकरण लगायतका जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको प्रहरीले जनाएको छ।

चन्दनाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पृथ्वीनाथ यौगीले बाल विवाह र लागुऔषधजस्ता कुरीतिविरुद्ध बालबालिकालाई नै सचेत गागराउनुपर्ने अवस्था आइपरेको बताए।

नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाहीले बालबालिकालाई लागुपदार्थ सेवनको असर, प्रभाव र रोकथामबारे सहजीकरण गरेकोमा जुम्ला प्रहरीप्रति अभार व्यक्त गरे।

उनले भने, ‘लागुपदार्थले मानसिक, शारीरिक, आर्थिक, पारिवारिक र सामुदायिक असरका बारेमा सबैले सचेत हुन जरुरी छ।’

बढ्दो क्रममा रहेको बाल विवाह र लागुऔषध सेवन रोक्नका लागी प्रहरीले दिएको सचतेना बालबालिकाका लागी महत्वपुण हुने बताए।

विभिन्न विद्यालयबाट सदरमुकाम खलंगामा एसईईको ट्युसन पढ्न आएका बालबालिकालाई लागुपदार्थबाट हुने हानि र साइबर अपराधबाट आइपर्ने झन्झटका विषयमा पढाउन थालिएको छ।

प्रकाशित: ६ पुस २०८० ०२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App