१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

आगो ताप्ने क्रममा गयाे ज्यान

आगो ताप्ने क्रममा काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा बाह्रबिसेमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ लोकबहादुर नेपाली रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले घरभित्र आगो बाली ताप्ने क्रममा आगलागी भई एलपी ग्यास सिलिण्डर पड्किंदा सो घटना भएको बताए। आगलागीबाट लोकबहादुरको पूरै शरीर जलेर घटनास्थलमै सोमबार साँझ मृत्यु भएको उनले बताए।

लोकबाहदुरको परिवारका अन्य सदस्यलाई प्रहरीले तत्काल उद्धार गरेको थियो। आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ। क्षतिको अन्य विवरण आउन बाँकी रहेको जनाइएको छ।  

प्रकाशित: १९ मंसिर २०८० ०५:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App