८ असार २०८१ शनिबार
image/svg+xml
समाज

कालिकोटमा लागुऔषध विरुद्ध सचेतना र्‍याली

जिल्ला प्रहरी कार्यालय कालिकोटले लागुऔषध विरुद्ध जनचेतना मूलक लालटिन अभियान सुरु गरेको छ।लागुऔषधले व्यक्ति र समाजमा दीर्घकालीन रूपमा नकारात्मक असर पारेको भन्दै प्रहरी कार्यालयले हिजो शुक्रवारदेखि लालटिन अभियान सुरु गरेको हो।

लागुऔषध दुर्व्यसन र अपराधलाई निरुत्साहित गर्न समाज र नागरिकमा सुरक्षित अनुभूति बनाउन अभियान सुरु गरिएको डिएसपी अर्जुन केसीले जानकारी दिए।उनले भने ‘नागरिकलाई सचेत बनाउन सबै पक्ष सक्रिय भएर लाग्नुपर्ने हुन्छ।लागुऔषध दुर्व्यसन, अवैध रूपमा ओसारपसार र बेचबिखन नियन्त्रणका लागि यो अभियान सुरु गरिएको छ।’

युवा पुस्ताले लहलहैमा र विलासी जीवन जिउन आकस्मिक आर्थिक कमाइ गरी धनी बन्ने लालचमा लागुऔषधको सेवन, व्यापार र ओसारपसार गर्दा युवा र समाज उत्पादनशील भन्दा लागु औषधको लतमा फस्दै गएको भन्दै नियन्त्रण गर्न अभियान चलाइएको  जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी पोषण थापाले बताए।

विशेष गरेर बढ्दो लागुऔषध दुरुपयोग ओसारपसार लाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वस्थ्य जीवन जिउने वातावरण श्रृजनाका लागि प्रहरीले सचेतना फैलाउन अभियान सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले लागुऔषध नियन्त्रण गर्न जिल्लादेखि पालिका स्तरका प्रहरी युनिटले क्याम्पस, विद्यालय र समाजका नागरिकलाई सचेत गराउने भएको छ।शहरी क्षेत्र हुँदै लागुऔषध सेवन, ओसारपसार र व्यापार दुर्गम गाउँसम्म यातायातको सुविधासँगै विस्तार हुँदै गएकाले समयमै नियन्त्रण गर्न यो अभियान आवश्यक रहेको कार्यक्रममा सहभागीहरूको भनाई थियो।

कालिकोटमा लागुऔषधको अवैध ओसारपसारमा संलग्न हुनेहरूको गतिविधि पहिलेका दिन भन्दा झन् बढ्दै गएकोले यो अभियान सुरु गरेको  प्रहरीले जनाएको छ।यो वर्ष लागुऔषधका दुई वटा मुद्दा दर्ता भएका छन्।र्‍यालीमा लागु औषधको क्षेत्रमा कामगर्दे आएका संघ संस्थाका प्रतिनिधि लगायत सर्वसाधरणको उपस्थिति थियो ।

प्रकाशित: ७ पुस २०८० ०७:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App