१३ असार २०८१ बिहीबार
image/svg+xml
खेल

टी–२० वरियतामा दीपेन्द्रको छलाङ, अलराउन्डरमा छैठौं स्थानमा पुगे

अन्य नेपाली खेलाडी कोको अटाए ?

नेपाली स्टार अलराउन्डर क्रिकेटर दीपेन्द्रसिँह ऐरीले टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वारियतामा थप छलाङ मारेका छन्। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार जारी गरेको नयाँ वारियतामा दीपेन्द्रले थप तीन स्थान सुधार गर्दै छैठौं स्थानमा पुगेका छन्।

यस दौरानमा दीपेन्द्रको रेटिङ प्वाइन्ट १९९ पुगेको छ। यसअघि उनी १७४ रेटिङ प्वाइन्टसहित नवौं स्थानमा थिए।

दीपेन्द्रको वरियता सुधार हुँदा भारतीय उपकप्तान हार्दिक पाण्ड्या पछि परेका छन्। यसअघि १८८ रेटिङ प्वाइन्टसहित आठौं स्थानमा रहँदै दीपेन्द्रभन्दा एकस्थान अघि थिए। अहिले पाण्ड्याको १९२ रेडिङ प्वाइन्ट पुगेर एक स्थान सुधार गर्दै सातौँ स्थानमा पुगेपछि तीन स्थान छलाङ हानेर छैठौं स्थानमा पुगेका दीपेन्द्रभन्दा पछि परेका छन्। 

यसअघि दीपेन्द्र र हार्दिकभन्दा अगाडि रहेका इगल्यान्डका लियम लिभिङस्टोन र मोचन अली दुई÷दुई स्थान तल झर्दै आठौं र नवौं स्थानमा पुगेका छन्।

दीपेन्द्रभन्दा अघि २३१ रेटिङ प्वाइन्टसहित वरियताको शीर्ष स्थानमा अस्टे«लियाका मार्कस स्टोइनिस र दोस्रो स्थानमा २२२ रेटिङ प्वाइन्टसहित श्रीलङ्काका वानिन्दु हसरंगा छन्। दुबै जनाले एक÷एक स्थान सुधार गरेका हुन्। यसअघि पहिलो नम्बरमा रहेका अफगानिस्तानका मोहम्मद नबी तीन स्थान तल झर्दै चौथो स्थानमा पुग्दा दुई स्थान सुधार गरेर बङ्गलादेशका सकिब अल हसन तेस्रो स्थानमा पुगेका छन्। पाँचौँ स्थानमा जिम्बावेका सिकन्दर रजा छन्।

टी–२० अन्तर्राष्ट्रिय ब्याटवर तर्फको वरियतामा पनि दीपेन्द्रले पाँचस्थान सुधार गरेका छन्। यसअघि ५१ औं स्थानमा रहेका उनी अहिले ४६ स्थानमा पुगेका छन्।

टी–२० अन्तर्राष्ट्रिय बलर तर्फको वरियतामा पनि दीपेन्द्र सयभित्र अटाएका छन्। २७ स्थान सुधार गर्दै उनी बलर वरियतामा ९६ स्थानमा समेटिएका हुन्।

दीपेन्द्रबाहेक टी–२० वरियताको अलराउन्डरतर्फ १००को सूचीमा थप पाँचजना नेपाली खेलाडी परेका छन्। जसमा यसअघि ३५ औं स्थानमा रहेका कुशल मल्ल एकस्थान झरेर ३६ मा, कप्तान रोहित पौडेल ११ स्थान सुधार गर्दै ५५ औं स्थानमा, गुलशन झा ६ स्थान खस्कँदै ६८ औं स्थानमा, कुशल भुर्तेल ४३ स्थान सुधार गर्दै ७० औं स्थानमा र करन केसी ६ स्थान खस्कँदै ७५ औं स्थानमा परेका छन्।

यस्तै ब्याटरतर्फको वारियतामा यसअघि ५५ औं स्थानमा रहेका कप्तान रोहित पौडेल ६ स्थान तल झर्दै ६१ औं स्थानमा पुगेका छन् भने २० स्थान सुधार गर्दै आसिफ शेखले ६९ स्थानमा पुगेका छन्। 

बलिङतर्फको वरियतामा सोमपाल कामी ८ स्थान सुधार गर्दै ९१ स्थानमा अटाएका छन्।

प्रकाशित: ५ असार २०८१ १६:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App