१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सशस्त्र प्रहरीले समात्यो तीन लाख बराबरको अवैध काठ

सशस्त्र प्रहरीले धनुषाबाट अवैध काठ सहित एक ट्याक्टर नियन्त्रणमा लिएको छ।

मंगलबार साँझ ढल्केबरबाट जनकपुरधामतर्फ ल्याइँदै गरेकाे काठसहितकाे ट्याक्टर प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित मुजेलियाबाट नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी-८ नम्बर गणबाट खटिएको प्रहरी टोलीले ज १ त ८१५७ नम्बरको ट्याक्टरमा विभिन्न जातको काठ लोड गरी जनकपुरतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त ट्याक्टर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीले जानकारी दिए।

उनका अनुसार बरामद गरिएको काठको मूल्य झण्डै ३ लाख रुपैयाँ बराबरको रहेको र ट्याक्टरको मूल्य अन्दाजी ९ लाख रुपैयाँ रहेको छ।

प्रहरी उपरीक्षक गिरीले बताए अनुसार, मंगलबार विशेष सुराकीका आधारमा गरिएको गस्तीका क्रममा प्रहरी टोलीलाई देखेर काठ तस्कर भागेका थिए। तस्करहरु भागेपछि बेवारिसे अवस्थामा रहेको ट्याक्टर सहितको काठ बरामद गरिएको हो।

बरामद गरिएको काठ आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय धनुषा पठाइएको प्रहरी उपरीक्षक गिरीले जानकारी दिए।

प्रकाशित: ५ असार २०८१ १५:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App