१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

 गृह मन्त्रालयले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ। मन्त्रालयका अनुसार बिहान १०ः३० बजेका लागि बैठक बोलाइएको हो।  

दुई दिनदेखिको अवरिल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएपछि राहत तथा उद्धार व्यवस्थापन तथा थप कार्ययोजना तय गर्न गृहमन्त्री रमेश लेखकले बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ।

मन्त्री लेखकले निरन्तरको वर्षाका कारण देशभर नै वर्षा, बाढी, पहिरो र डुबान समस्या हुनुका साथै जनधनको क्षति हुने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न सबैलाई आग्रह गरेका छन्। बैठकमा चारवटै सुरक्षा निकायका प्रमुख सहभागी हुनुहुने छ। –रासस

प्रकाशित: १२ आश्विन २०८१ ०९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App