१३ असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

सांसदहरुलाई श्रममन्त्रीको आग्रहः मन्त्रीले गर्ने काममा राजनीति नगरिदिनुस्

फाइल।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सांसदहरुलाई मन्त्रीले गर्ने काममा राजनीति नगर्न आग्रह गरेका छन्।

बिहीबारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्। उनले विकासका कुराहरुमा राजनीति नगरिदिए देश धेरै अघि बढ्ने बताए।

‘कुनै मन्त्रीले गर्ने काममा तपाईं हामीले राजनीति गरिदिनु भएन। विकासका कुराहरुमा राजनीति नगरि दिनुहोला। विकासका कुरामा पार्टीका कुरा हेरिदिनु भएन। त्यतिबेला हामीले पार्टी र राजनीति एकछिन बिर्सिने हो भने देश समृद्ध हुन्छ, नागरिकले सुख पाउँछन्।’ उनले भने।

उनले सामाजिक सुरक्षा कोषका बारेमा सरकार गम्भीर रहेको जनाए। सामाजिक सुरक्षा कोषका बारेमा प्रचार-प्रसार गर्न नसकिएको सुनाए। सरकारले आफ्नै कर्मचारीलाई सामजिक सुरक्षा कोषमा लैजान नसक्ने र निजी क्षेत्रालाई जबरजस्ती गर्नेकुरा सही नभएको बताए।

‘सामाजिक सुरक्षा कोषका बारेमा हामीले धेरैपटक बजेट भन्दा अगाडि पनि अर्थमन्त्री, प्रधानमन्त्रीज्युसँग कुरा गरेका छाैँ। अलिकति प्रचार प्रसार गर्न सकिएको छैन।’ उनले भने।

मन्त्री अर्यालले संसद सचिवालयका कर्मचारीहरु आन्दोलित भएकोबारे सरकार गम्भीर रहेको र कर्मचारीहरुका माग सम्बोधन हुनुपर्नेमा जाेड दिए।

प्रकाशित: ६ असार २०८१ १६:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App