९ आश्विन २०८१ बुधबार
image/svg+xml

नेकपा खारेजी : कांग्रेसलाई अवसर

सत्ता र कुर्सीकै कारण तत्कालीन नेकपा खारेज भएको बुझाई आम मतदातामा छ । फलतः एमाले र माओबादी केन्द्र दुबै सत्ताका भोगीको रुपमा मतदाता सामु चित्रण हुनु उनिहरुका लागि अर्को घाटा बन्न सक्ने देखिन्छ ।

स्थानीय तहको अनियमितता नियन्त्रणबाहिर

प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिको मिलेमतोमा अनियमितता मौलाइरहेको देखिएको छ। कोरोना संक्रमणका बेला स्वास्थ्य सामग्री खरिद र क्वारेन्टिन व्यवस्थापनलगायतमा राजापुर र गेरुवा गाउँपालिकामा व्यापक अनिमियतता भएको तथ्य बाहिर आएको हो।

कांग्रेसले आज स्थानीय तहका सबै वडामा प्रदर्शन गर्ने

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली कांग्रेसले बिहीबार स्थानीय तहका सबै वडामा प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको कांग्रेसले त्यसविरुद्ध चरणबद्ध विरोध प्रदर्शन गर्दै आएको छ । सोही क्रममा कांग्रेसले बिहीबार ६ हजार ७ सय ४३ वटै वडामा विरोध प्रदर्शन गर्न लागेको हो ।

स्थानीय तहमा विकास बजेट जथाभावी, बढी कबोल गर्नेलाई ठेक्का

मुलुक संघीयतामा गइसकेपछि कैयौं स्थानीय तहले राम्रा काम गरेका छन्। राम्रो नियत राखेर काम गर्ने स्थानीय तहमा धमाधम पूर्वाधार निर्माणका काम भइरहेका छन्।

सडक मानव व्यवस्थापनमा स्थानीय तह उदासिन

सडक मानव व्यवस्थापनमा जुम्लाका स्थानीय तह उदासिन देखिएका छन् । कर्णाली प्रदेश सरकारले सडक मानव रहित प्रदेश घोषणा गरेपनि स्थानीय तहले सडक मानव व्यवस्थापनका विषयमा कुनै योजना बनाएका छैनन् ।

प्रदेश १ का स्थानीय तह र भूमि आयोगबीच सम्झौता

प्रदेश १ का २८ वटा स्थानीय तह र भूमिसम्बन्धि समस्या समाधान आयोगबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमबार प्रदेश राजधानी विराटनगरमा स्थानीय तहका पदाधिकारी र आयोगबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

विद्यालय सञ्चालनको तरखरमा स्थानीय तह

‘बिहान १० देखि दिउँसो १ बजेसम्म पहिलो र १ देखि ४ बजेसम्म दोस्रो सिफ्टमा कक्षा सञ्चालन गर्नेछौँ’, उनले भने, ‘यसरी गर्दा दुई सिफ्टमा २०० विद्यार्थी स्कूलमा आएर अध्ययन गर्नेछन् ।’

हाजिर नगराउने स्थानीय तहको अनुदान कटौती

समायोजन भएका कर्मचारीलाई हाजिर नगराउने प्रदेश र स्थानीय तहले संघीय सरकारबाट पाउने सुविधा कटौती हुने भएको छ ।

अग्ला डाँडामा दृश्यावलोकन स्तम्भ बनाउँदै तनहुँका स्थानीय तह

तनहुँका स्थानीय तहले अग्ला डाँडामा दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माण गरेका छन्। पर्यटक आकर्षित गर्ने उद्देश्यसहित जिल्लाका स्थानीय तहले कतिपय स्थानमा दृश्यावलोकन स्तम्भ निर्माण गरिसकेका छन् भने थप स्तम्भ निर्माणको प्रक्रिया शुरु गरेका छन्।

पुराना पोखरी जोगाउँदै स्थानीय तह

भक्तपुर, ललितपुर र काठमाडौंका स्थानीय तह ऐतिहासिक पोखरी, रैथाने इनार, राजकुलो र ढुंगेधारालाई पुरानै स्वरुपमा फर्काउने अभियानमा जुटेका छन् ।

स्थानीय तहलाई दिन तोकेर सेवा प्रवाह

जिल्ला प्रशासन कार्यालय मोरङले स्थानीय तह अनुसार फरक–फरक दिन सेवा प्रवाह गर्न थालेको छ। कोरोना माहामारीका कारण कर्मचारीमा संक्रमण देखिएको र जिल्ला प्रशासन कार्यालय परिषरमा सेवाग्राहीको भिड बढ्न थाले पछि जिल्ला प्रशासन कार्यालय मोरङले स्थानीय तह अनुसार दिन तोकेर सेवा प्रवाह गर्न थालेको हो।

भौतिक निर्माणमा अल्झिँदै समृद्धि यात्रा

पूर्वाधारमा पनि संघीयदेखि प्रदेश र स्थानीय सरकारको बढी लगानी सडक निर्माण र त्यसैको स्तरोन्नतिमा देखिन्छ। जिल्लाबाट विजयी सभासद्मार्फत आउने निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रमका योजनासमेत बढीजसो सडक र पूर्वाधारमै केन्द्रित छन्।

'जनताको मुहार फेर्ने स्थानीय तह'

गण्डकी प्रदेशप्रमुख अमिक शेरचनले जनताको मुहार फेर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

एक स्थानीय तह एक खेलमैदान

कास्कीका तीन गाउँपालिका खेलमैदान पूर्वाधार निर्माण गर्न युवा तथा खेलकुद मन्त्रालयमा प्रस्ताव पेस गर्ने तयारीमा छन्। युवा तथा खेलकुद मन्त्रालयले एक स्थानीय तह एक खेलमैदान निर्माणको योजनालाई मूर्त रूप दिने उद्देश्यसहित गत साता मात्रै प्रस्ताव माग गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्