२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

पोखरामा धनराजलाई १ हजार ३५५ मतको अग्रता

पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ३ सय ५५ पुर्‍याएका हुन्।

अध्यक्ष नेपालद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जली व्यक्त

अध्यक्ष नेपालले एक विज्ञप्ति जारी गर्दै जननेता मदन भण्डारी, नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, सिद्धान्तकार, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको नेतृत्वकर्ता भएको बताए।

राजदेवी ८ को वडाध्यक्षमा एकीकृत समाजवादी विजयी

रौतहटको राजदेवी नगरपालिकामा नेकपा एकीकृत समाजवादीको विजय जारी छ। यसै क्रममा वडा नम्बर ८ मा पनि नेकपा एसको सम्पूर्ण प्यानल नै विजयी भएको छ।

ज्वालाको वडामै समाजवादी पराजित

सल्यानको बनगाडकुपिण्डे नगरपालिका–१ मा समाजवादीका डम्बरबहादुर साहुलाई नेपाली कांग्रेसका थुमबहादुर विसीले पराजित गरे। कांग्रेसका विसीले ६२३ मत ल्याएर विजयी भए।

माधव नेपालको गृह वडामा एकीकृत समाजवादी विजयी

रौतहट सदरमुकाम गौरको मतगणना सुस्त गतिमा चलिरहँदा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ।

जिसस प्रमुख र उपप्रमुखमा चर्चामा रहेका वडा सदस्यमै पराजित

सत्ता गठबन्धनले भागबण्डा गर्दा जिल्ला समन्वय समितिको प्रमुख नेकपा माओवादी केन्द्र र उपप्रमुख नेकपा एकीकृत समाजवादीलाई भागमा परेपछि सोही पदको आकांक्षासहित चुनावी मैदानमा उत्रिएका ताप्लेजुङका दुई उम्मेदवार पराजित भएका छन्।

सिरहामा जसपाका वडा अध्यक्ष विजयी

यादवले ५११ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका राजदेव यादवले ४११ मत प्राप्त गरेका थिए।

कपिलवस्तुको ३ पालिकामा मतगणना जारी

कपिलवस्तुको ३ पालिकामा मतगणना जारी छ। कपिलवस्तु, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा मतगणना जारी छ।

धादिङका कुन नेताले कहाँबाट गरे मतदान?

वागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मतदान गरेका छन्। धादिङको गजुरी गाउँपालिका–२ को कन्या प्रावि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।

बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र एकनाथ ढकालले गरे मतदान

जनता समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मतदान गरेका छन्। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिका ८ जौवारी स्थित परोपकार आदर्श माध्यामिक विद्यालयबाट मतदान गरेका हुन्।

पैसा बाँड्ने र भोजभतेर गर्नेतिर निर्वाचन आयोगको ध्यान पुगेनः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सदरमुकाम गौर स्थित श्री राम जानकी कन्या प्राबी मतदान केन्द्रमा मतदान गरेका छन्।

जसपा अध्यक्ष भट्टराईले आचारसंहिता उलंघन गरेको भन्दै उजुरी

सभा, सम्मेलन, नारा, जुलुस, घरदैलो वा कुनै पनि विधिद्वारा भोट माग्न नपाइने मौन अवधिको आचार संहिता मिचेर पालुङटार १ को विभिन्न टोलमा पुगेर उनले चुनावी कार्यक्रम गरेको फोटो आफ्नो फेसबुक पेजमा पनि राखेका छन्।

झलनाथ खनालको क्षेत्रमा चुनावी सरगर्मी: सांसद र मेयरबीच नेतृत्वको टक्कर

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने सूर्याेदय नगरपालिकाको नेतृत्व कसको हातमा पुग्ला भन्नेमा अहिले जिल्लाभित्र र बाहिरसमेत चौतर्फी चासो छ।

'बूढानीलकण्ठ: साथी पनि सरकार पनि'

नेकपा (एकीकृत समाजवादी) बुढानीलकण्ठ नगर कमिटीले ‘नागरिकका एजेण्डा–पार्टीको प्रमुख जिम्मेवारी’ भन्ने मूल नाराका साथ २७ बुँदे ‘कार्ययोजना तथा कार्यक्रम’ सार्वजनिक गरेको छ।

शाख जोगाउन शीर्ष नेता गृहगाउँ केन्द्रित घरदैलो

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन ठूला दलका शीर्ष नेताहरु गृहगाउँ केन्द्रीय घरदैलोमा सक्रिय छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्