८ वैशाख २०८१ शनिबार
निर्वाचन विशेष

पोखरामा धनराजलाई १ हजार ३५५ मतको अग्रता

पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ३ सय ५५ पुर्‍याएका हुन्।

हालसम्म २२ हजार ५ सय ६२ मत गणना सम्पन्न हुँदा आचार्यले ९ हजार ३ सय ९५ मत प्राप्त गरेर अग्रता कायम राखेका छन्। उनलाई एमालेका कृष्ण थापाले ८ हजार ४० मत ल्याएर पछ्याइरहेका छन्।

त्यस्तै राप्रपाका शंकर खरालले १ हजार १ सय १७ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले ६ सय ३ मत प्राप्त गरेका छन्। उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता कायम राखेकी छन्।

रानाभाटले एमालेकी मञ्जुदेवी गुरुङसँगको मतान्तर ५ सय ६५ पुर्‍याएकी छिन्। रानाभाटले ९ हजार ६ सय ६७ मत प्राप्त गरेकी छन् भने एमालेकी गुरुङले ९ हजार १ सय २ मत ल्याएर पछ्याइरहेकी छन्। राप्रपाकी रञ्जना सेनले ९ सय ३३ मत प्राप्त गरेकी छन्।

प्रकाशित: ३ जेष्ठ २०७९ ०५:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App