coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजदेवी ८ को वडाध्यक्षमा एकीकृत समाजवादी विजयी

रौतहटको राजदेवी नगरपालिकामा नेकपा एकीकृत समाजवादीको विजय जारी छ। यसै क्रममा वडा नम्बर ८ मा पनि नेकपा एसको सम्पूर्ण प्यानल नै विजयी भएको छ।

राजदेवी नगरपालिका ८ को वडाध्यक्षमा रामेश्वरप्रसाद यादव पुरै प्यानलसहित विजयी भएका छन्। वडाबाट नेकपा एसका मेयर तथा उपमेयरले पनि अग्रता कायम राखेका छन्।

राजदेवी नगरपालिकामा नेकपा एसले मेयरमा दुई हजार ६०९ मत प्राप्त गर्दा नेपाली कांग्रेसले दई हजार १२४ मतप्राप्त गरेको छ। यसअघि वडा वडानम्बर १ र २ मा पनि नेकपा एसले सम्पूर्ण प्यानलसहित विजय हासिल गरिसकेको छ।

प्रकाशित: २ जेष्ठ २०७९ ०७:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App