२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कोभिडको अवस्था हेरी विद्यालय खुलाइने

जिल्ला कोभिड व्यवस्था केन्द्र (डिसीएमसी)ले हुम्ला जिल्लाका सातवटै गाउँपालिकालाई अनुकुलताअनुसार निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्न सक्ने अधिकार दिएको छ ।

खोपले मात्रै मिल्दैन पूर्ण सुरक्षा

खोप लगाएर पनि शरीरमा एन्टिबडी नबन्ने १० देखि १५ प्रतिशतभित्र हामी पनि पर्न सक्ने भएकाले कत्ति पनि हेलचक्र्याइँ नगर्न र जनस्वास्थ्य मापदण्ड पालना गर्न चिकित्सकले सुझाएका छन्।

कोभिड कहरः ७३ प्रतिशत अन्तर्राष्ट्रिय हवाई यात्रु घटे

कोभिड–१९ महामारीका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आर्थिक आम्दानी घटेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने हवाई यात्रुको सङ्ख्या पनि उल्लेख्यरुपमा घटेको छ।

बाँके निकुञ्जभित्र पूर्वाधार तयार, पर्यटकको प्रतीक्षा

मुलुककै कान्छो बाँके राष्ट्रिय निकुञ्जले पर्यटकलाई आवश्यक पर्ने संरचना तयार गरेको छ। निकुञ्जका विभिन्न स्थानमा सफारीका लागि वनपथ, मचान, ताल तथा पोखरी निर्माण गरिएको हो। पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते सरकारले बाँचे निकुञ्ज स्थापना गरेको थियो।

बढ्दो निर्यात व्यापार: उत्साही निजी क्षेत्रलाई अघि बढाउने जिम्मेवारी सरकारको

सरकारी तथ्यांक अनुसार गत आर्थिक वर्ष नेपालको कुल वस्तु निर्यात करिब डेढ खर्ब रूपैयाँ पुगेको छ। यो अघिल्लो वर्षसँग तुलना गर्दा ४४.४ प्रतिशतको वृद्धि हो। आयातको तुलनामा नेपालको निर्यातको हिस्सा ज्यादै नगन्य भए पनि गत वर्ष भएको निर्यात वृद्धिले निजी क्षेत्रमा आशा जगाएको छ।

६८.६ प्रतिशतमा कोरोनाविरुद्ध प्रतिरक्षा क्षमता

प्रारिम्भक नतिजामा नेपालमा कोभिड १९ विरुद्ध ६९ प्रतिशतको हाराहारीमा एन्टिबडी बनेको देखिए पनि भाइरसको नयाँ भेरियन्ट आइरहने हुनाले एन्टिबडीको भरमा मात्र बस्न नहुने चिकित्सकको सुझाव छ।

कोभिडले बदलिएको सशस्त्र प्रहरीको पहिचान

कोभिड १९ ले सशस्त्र प्रहरीको पहिचान बदलेको छ। अहिले सशस्त्र प्रहरी नागरिकको भरोसा बनेका छन्। नागरीकको संकटको सारथी बनेका छन्। अहिले सशस्त्र प्रहरी देख्ने बित्तिकै नागरिकले आफ्ना समस्या सहजै दर्शाउँछन्। कार्यशैलीमा पनि निकै फेरबदल आएको छ।

नगरपालिकामा लगाईएको सिल खुकुलो पारियो

दैनिकजसो गरिएको कोभिड–१९ को परीक्षणका क्रममा संक्रमितको दर अधिक देखिन थालेपछि १५ वडा रहेको नगरपालिकालाई भदौ १ गतेदेखि भदौ १० गतेसम्मका लागि सिल गरिएको थियो।

विश्व स्वास्थ्य संगठनको निर्देशनपछि मात्र नेपालमा बुस्टर खोप

परिवार कल्याण महाशाखाका खोप शाखाका प्रमुख डा. झलक गौतमले नेपालमा प्रयोग भइरहेका खोपको विषयमा बुस्टर डोज आवश्यक छ कि छैन भन्ने विषयमा अध्ययन पूरा भइनसकेको र विश्व स्वास्थ्य संगठनको निर्देशनसँगै नेपाल सरकारले निर्णय लिने बताए।

कोभिड, प्रकृति र जीवन

पहिले पहाडमा वरपिपल रोप्ने, चौतारा बनाउने तथा ती वृक्षको विवाह गराउने चलन थियो। मानिसको होस् वा रूखको, केटाकेटीमा विवाह भनेपछि त्यसै रमाइलो लाग्थ्यो। अहिले सम्झँदा लाग्छ, धर्मको नाममा अग्रजले गरेको त्यो कृत्य त पर्यावरण संरक्षणको खातिर रहेछ।

५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रमको आवेदन पुनः खुल्यो

कोभिड महामारीका कारण बढीभन्दा बढी स्टार्टअप उद्यमीलाई समेट्न नसकिएकाले मुलुकभरबाट बढी भन्दा बढी नवप्रवर्तनीय उद्यमीको सहभागिता हुन सकोस् भनेर महासंघले आवेदन दिने समय पुनः सुरु गरेको हो।

खचाखच भरियो भेरी अस्पतालको कोभिड वार्ड

संक्रमितको संख्या ह्वात्तै बढेपछि भेरी अस्पतालको कोभिड वार्ड भरिभराउ भएको छ।नेपालगन्जका विभिन्न तीन वटा प्रयोगशालामा दैनिक रूपमा नयाँ संक्रमित फेला पर्न थालेपछि बिरामीको चाप बढेको हो।

राजस्व र खर्चको तस्बिर: राजस्व असुलीमा देखिएन कोभिड–१९ प्रभाव

मुलुकले करिब दुई वर्षदेखि कोभिड–१९ को महामारी खेपे पनि चालु आर्थिक वर्षको पहिलो महिना साउनमा सरकारले झण्डै एक खर्ब रूपैयाँ राजस्व उठाएको छ।

खिम्ती आयोजनाको स्वामित्व हस्तान्तरणमा ढिलाइ

प्राधिकरण र नर्वेजियन कम्पनीबीच भएको विद्युत् खरिदबिक्री सम्झौता अनुसार व्यावसायिक उत्पादन भएको २० वर्षपछि आयोजनाको ५० प्रतिशत स्वामित्व प्राधिकरण मातहत आउनुपथ्र्यो। सम्झौता अनुसार २०७७ असारमा तोकिएको समय पूरा भइसकेको छ।

कोरोना संक्रमणको असरले नयाँ रोग

चिकित्सकका अनुसार कोरोना संक्रमणको गम्भीर तथा मध्यम लक्षण भएकाहरूमा संक्रमणपछि कपाल झर्ने, मुटुको चालमा गडबडी हुने, हृदयघात, मधुमेह बढ्ने तथा अन्य स्नायु सम्बन्धी रोग लाग्ने गरेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुुर पुनका अनुसार कोरोना सन्चो भएपछि उनीहरूमा अन्य नयाँ रोग देखिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्