२१ आश्विन २०८१ सोमबार
image/svg+xml

शव व्यवस्थापनका लागि चाहिने सामग्री अस्पतालले निःशुल्क दिने

शव व्यवस्थापनका लागि मृतकका आफन्तहरुले सास्ती भोगिरहेका बेला प्रदेश अस्पतालले आवश्यक सामाग्रीहरु अस्पतालबाटै निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो।

शवसँगै मनहरु जल्छन्...

यो कोरोना संक्रमणका कारण ज्यान गुमेर अन्तिम संस्कार भइरहेको स्थानको दृश्य हो। शनिबार राति ८ बजे पशुपति क्षेत्रको बाग्मती किनारमा शवको दाहसंस्कार भइरहेको थियो। नदीको पल्लो किनारमा उभिएका आफन्तको अनुहारमा पीडा झल्किरहेको थियो। शव जल्दा उनीहरुको मन जलिरहेको देखिन्थ्यो।

इलामका जिसस प्रमुख र मेयरलाई कोरोना संक्रमण

इलामका जिल्ला समन्वय समिति प्रमुख गणेश बराललाई कोरोना संक्रमण भएको छ। केही दिनयता घरमै आइसोलेसनमा रहेका प्रमुख बराललाई आइतबार छातीमा समस्या देखिएपछि इलाम अस्पताल ल्याइएको थियो।

बाँकेमा कोरोना महामारी झन् भयावहः एक महिनाभित्र २ सय ४२ को मृत्यु

दोस्रो चरणमा नयाँ भेरियन्टसहित फैलिएको कोरोना संक्रमणबाट बाँकेमा एक महिनाभित्र २ सय ४२ जनाको मृत्यु भएको छ।

पाँच दिनमा पनि आउँदैन पिसिआर रिपोर्ट, बिरामीको मृत्युपछि पोजेटिभ

कोरोना संक्रमणको लक्षण देखिएपछि पिसिआर जाँच गर्न स्वाब दिएकाहरुको मृत्यु हुँदा समेत रिपोर्ट नआउँदा समुदायमा कोरोना फैलने क्रम गोरखामा बढेको छ।

रौतहटमा सक्रिय संक्रमितको संख्या साढे पाँच सय नजिक, गरुडा ठप्प पार्ने निर्णय

शुक्रबार रौतहटको गौर अस्पतालमा १४० जनाको परीक्षण गरिएकोमा ३७ जनामा पोजेटिभ देखिएको छ। पीसीआर परीक्षणबाट ३० र एन्टिजेन परीक्षणबाट ७ गरी जिल्लामा थप ३७ जनामा कोरोना संक्रमण देखिएको हो।

अक्सिजन भनसूनको आधारमा हाेइन आवश्यकताका आधारमा दिनूः प्रम ओली

'हाम्रा कुनै पनि अक्सिजन उत्पादन गर्ने कारखाना पूर्ण रुपमा चल्नुपर्छ, यसकारण चलेन भन्न पाइँदैन,’ उनले भने।

खोप लगाएका व्यक्तिलाई किन भईरहेको छ कोरोना संक्रमण?

नाकबाट यो भाईरस हाम्रो शरिरमा प्रवेश गरि इम्यून सिस्टमलाई असर पार्ने गरेको हुदाँ खोप लगाएको व्यक्तिले पनि यी कुराहरुलाई बुझन आवश्यक रहेको विज्ञहरुले बताउदै आएका छन्। सधै मास्कको प्रयोगसंगै सरकारले स्वास्थ्य विज्ञहरुसंग बनाएका हेल्थ गाईडलाईनको पालाना गरि आफ्नो स्वास्थ्यलाई ध्यान दिन जरुरी रहेको छ।

२४ घण्टाभित्र बाँकेमा १४ संक्रमितको मृत्यु

बाँकेमा पछिल्लो २४ घण्टाभित्र १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बुधबार अपराह्नदेखि बिहीबार अपराह्नसम्म बाँकेका ९ र बाहिरी जिल्लाका ५ जनाको मृत्यु भएको हो।

अस्पतालले बिरामी भर्ना लिन छाडे

अहिलेकै अवस्थामा दैनिक ३ सय सिलिन्डर अक्सिजन चाहिने भए पनि सरकारले जम्मा ४० सिलिन्डरको कोटा तोकेपछि समस्या जटिल बनेको अस्पतालले जनाएको छ। अक्सिजन अभाव भएपछि पछिल्ला दिनमा नयाँ बिरामी भर्ना नलिएको अस्पताल स्रोतले बतायो।

खोटाङमा १५ जनालाई संक्रमण पुष्टि, संक्रमितको संख्या ९२ पुग्यो

दिनानुदिन कोभिड–१९ बाट संक्रमित फेला पर्न थालेपछि जिल्लाको रावाबेँसी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकाले सिमा नाका सिल गरिसकेको छ।

अस्थायी कोभिड –१९ अस्पताललाई नगद तथा सामग्री प्रदान

मुक्तिनाथ विकास बैक उपक्षेत्रीय कार्यालय धादिङले नगद सहयोग गरेको छ। कोरोना संक्रमण व्यवस्थापनका लागि अक्सिजन भर्न तथा दुवानीका लागि नगद ८० हजार रुपैंया सहयोग गरेको उपक्षेत्रीय प्रमुख सुरेन्द्र श्रेष्ठले बताए।

भारतले दिँदैन, स्वास्थ्य सामग्रीका लागि चीनलाई गुहारौं :सांसद सुवाल

कोरोना संक्रमण नियन्त्रणका लागि सांसद सुवालले प्रेस विज्ञप्तिमार्फत् सरकारको ध्यानाकर्षण गर्दैै छिमेकी देश भारत आफै संकटमा रहेको बेला भारतले स्वास्थ्य सामग्री दिन नसक्ने भएकाले चीनको सहयोग खोज्नु उपयुक्त हुने जनाए।

संक्रमणबाट थप २२५ को मृत्यु

नयाँ भेरियन्टले छिटो निमोनियाँ बनाउँदा कोरोना संक्रमणको दोस्रो लहरमा मृत्युदर बढेको चिकित्सकले बताएका छन्।

भक्तपुरका प्रजिअ आफैले खोजे यात्रुको पास

नागरिकहरुमा बढ्दो ‘लापरबाही’, अत्यावश्यक रुपमा जानुपर्ने व्यक्तिहरुको ‘बाध्यता’जस्ता कारण पनि ‘निषेधाज्ञा निषेधाज्ञा’जस्तो नभएको गुनासो आएपछि सोमबार भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई आफै अनुगमनमा निस्किए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्