२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कोरोना संक्रमण रोक्न जलेश्वरमा निश्चित स्थल तोकेर पुर्णरुपमा बन्द गर्ने निर्णय

कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा बढ्न थालेपछि मंगलबारदेखि सदरमुकाम जलेश्वरमा निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय भएको छ।

रौतहटमा भयावह बन्दै कोरोनाः एकै परिवारका तीन संक्रमितमध्ये दुईको मृत्यु

रौतहटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सोमबारसम्म २१ पुगेको छ। सोमबार थप चार जना संक्रमितको मृत्यु भएसँगै जिल्लामा कोरोना संक्रमणबाट मृतकको संख्या निकै बढेको हो।

कोरोना संक्रमणबाट बाँकेमा वडासदस्यको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा जनप्रतिनिधिको मृत्यु भएको छ। राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का वडासदस्य तारा कसेराको आइतबार मृत्यु भएको हो। राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ निवासी ४९ वर्षका उनको केहीबेर अघि भेरी अस्पतालमा मृत्यु भएको हो। राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले वडासदस्य कसेराको उपचारकै क्रममा मृत्यु भएको बताए।

रौतहटमा कोरोना संक्रमण कारण ज्यान गुमाउनेहरुको संख्या बढ्दो

शनिबार थप दुईको मृत्यु भएसँगै जिल्लामा कोरोना संक्रमित मृतकको संख्या चौध पुगेको छ। शुक्रबार पनि दुई जनाको मृत्यु भएको थियो।

कोरोना संक्रमणबाट पाँचको मृत्यु

मृत्यु हुनेमा जितपुर सिमराका दुई जना, महागढीमाई नगरपालिकाका दुई जना र बिश्रामपुर गाउँपालिकाका एक जना रहेको बारा प्रहरीले जनाएको छ।

बाँकेमा कोरोना संक्रमण नियन्त्रण बाहिर : २५ दिनभित्र १ सय ५५ जनाको मृत्यु

नेपालगन्जस्थित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, आइसोलेसन सेन्टर र होमआइसोलेसनमा मृत्यु हुने क्रम रोकिएको छैन।

अभिनेत्री कंगना रनावतलाई कोरोना संक्रमण

बलिउड अभिनेत्री कंगना रनावतलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको छ। उनले आफ्नो ईन्स्टाग्राममार्फत् आफूलाई कोरोना पुष्टि भएको उल्लेख गरेकी छिन्।

कोरोनाविरुद्ध अग्रभागमा खटिने २५ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहर नेपालमा पनि तीव्र रुपमा बढीरहेको छ। संक्रमणको दर वृद्धि भएसँगै अग्रभागमा खटिने सुरक्षाकर्मीमध्ये प्रदेश नं. १ मा २५ जना संक्रमित भएका छन् ।

९ हजार १९६ संक्रमित थपिँदा २ हजार ९ सय ५ निको, ५० को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टाको विवरण अद्यावधिक गर्दै सोको संख्यामा कोरोना संक्रमित थपिएको जनाएको छ।

कोरोना संक्रमण भयावह बनेपछि नेपालगन्जमा दीप प्रज्वलन

नयाँ भेरियन्टसहितको कोरोना संक्रमण भयावह बनेपछि बाँकेमा दीप प्रज्वलन गरिएको छ। कोरोना संक्रमितको शिघ्र स्वास्थ्यलाभका साथै अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी लगायत सबैको मनोवल बढाउन तथा महामारीमा दिवंगतहरुको आत्माको शान्तिका लागि दीप प्रज्वलन गरिएको हो।

उदयपुरमा वैशाख मसान्तसम्म निषेधाज्ञा

जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) उदयपुरको बिहीबारको बैठकले २४ गते राति १२ः०० बजेदेखि आउँदो ३१ गतेसम्म एकसाता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो।

मोरङमा जेठ १ गतेसम्म निषेधाज्ञा

बिहीबार बसेको जिल्ला कोरोना संक्रमण नियन्त्रण समितिको बैठकले जेठ १ गतेसम्म जिल्लाभर निषेधाज्ञा गर्न मोरङका प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको थियो।

बाँकेमा २१ दिनभित्र १ सय १५ जनाको मृत्यु

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार कोरोना भाइरसको नयाँ भेरियन्ट सुरु भएयता बैशाख १ देखि २१ गतेभित्र मृत्यु भएका मध्ये ६९ पुरुष र ४६ जना महिला रहेका छन्।

गोरखामा पनि निषेधाज्ञा

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बुधबारको बैठकले गोरखामा कोरोना संक्रमण ब्यापक रुपमा बढेको भन्दै जिल्लाभर निषेधाज्ञा जारी गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्