६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

गोरखामा पनि निषेधाज्ञा

गोरखा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बुधबारको बैठकले गोरखामा कोरोना संक्रमण ब्यापक रुपमा बढेको भन्दै जिल्लाभर निषेधाज्ञा जारी गरेको हो।

‘संक्रमितको संख्या बढेपछि कोरोना नियन्त्रण, रोकथामका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो’ प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले भने।  

निषेधाज्ञाका क्रममा अत्यावश्यक बाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरिएको उनले बताए। यसअघि बैंक तथा वित्तीय संस्थालाई सेवा संचालन गर्न अनुमति दिएपनि कार्यालय भित्रको मात्रै काम गर्न पाउने गरी व्यवस्था गरिएको छ। त्यो पनि न्यूनत्तम कर्मचारीको उपस्थितिमा गराउनुपर्ने गरी निर्णय भएको प्रजिअ शर्माले बताए।  

यसैबीच गोरखामा बुधवार ५६ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै भिमसेन थापा गाउँपालिका वडा नम्बर ७ को २० जना,  वडा नम्बर १ को पाँच जना र ४ को दुई जना रहेका छन्।  

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गोरखा नगरपालिका, पालुङटार र बारपाक सुलिकोट गाउँपालिकामा पनि संक्रमित थपिएका छन्। बुधवार जिल्लाबाट स्वाब संकलन भएका मध्ये ५० जना र बाहिर पिसिआर जाँच गरेका मध्ये छ जना गरी ५६ जना संक्रमित भएको स्वास्थ्य कार्यालयको कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए।

यो सँगै गोरखामा संक्रमितको संख्या दुई सय दुई पुगेको हो। यी मध्ये पाँच जना गोरखा अस्पतालको आइशोलेसनमा र बाँकी होम आइशोलेसनमा छन्। 

प्रकाशित: २२ वैशाख २०७८ १४:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App